News राजनीति

टिमको टुङ्गो नलागि गगन थापाद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा

टिमको टुङ्गो नलागि गगन थापाद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले मंसिरमा हुने १४ औं महाधिवेशनका लागि महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। तर, कुन समुहवाट उम्मेदवारी दिने भन्ने विषयमा अहिलेसम्म पनि उनी प्रष्ट हुन सकेका छैनन् । 

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले आफू महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरे। पाँच वर्षअगाडि १३औं महाधिवेशनमा पराजित भएको पदमा यसपटक फेरि थापाले उठ्ने तयारी गरेका हुन्।

१३ औं महाधिवेशनमा शशांक कोइरालासँग पराजित भएका थापा यसअगाडि सिटौला समूहबाट महामन्त्रीमा उठेका थिए। स्रोतकाअनुसार यसपटक थापा पौडेल समूहमा आउन सक्ने सम्भावना छ।

कांग्रेसमा मुख्यगरी तीन वटा समूह अस्तित्वमा छन्। सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री सिटौला। कांग्रेसमा यसपटक नयाँ विधान कृयासिल छ। विधानले केन्द्रमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, एक कोषाध्यक्ष र आठ जना सहमहामन्त्रीसहित केन्द्रीय सदस्यहरूको ब्यवस्था गरेको छ।

यसपटक युवा क्रियाशील सदस्यताको संख्या धेरै भएकोले भोट तान्नका लागि तीन वटै समुहले महामन्त्रीमा युवा नेतालाई अगाडि सार्ने प्रयास गरिरहेका छन् । मुख्यगरी महामन्त्री र उपसभापति पदमा यसपटक नेताहरूबीच प्रतिस्पर्धा हुनेछ।

महामन्त्री पदमा देउवा समूहबाट अहिले सहमहामन्त्री रहेका प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य रमेश लेखक र एनपी साउदलगायतको नाम चर्चामा छ भने वरिष्ठ नेता पौडेल पक्षबाट केन्द्रीय सदस्य मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, सरिता प्रसाईंलगायतका नेता महामन्त्रीको तयारीमा छन् । 

नेपाली काँग्रेस गगन थापा १४औं महाधिवेशन महामन्त्री

विशेष