News

महालक्ष्मी बैंकमा धितो राखेको सुन फिर्ता माग्दा नक्कली सुन दिएपछि

महालक्ष्मी बैंकमा धितो राखेको सुन फिर्ता माग्दा नक्कली सुन दिएपछि

महालक्ष्मी विकास बैंक कुमारीपाटी शाखामा एक ऋणीले ऋण चुक्ता गरेर धितो राखेको आफ्नो सुन फिर्ता माग्दा नक्कली भएको खुलेको छ । बैंकले गरेको अनियमितता प्रकरणमा तीन जना तत्कालीन शाखा प्रबन्धक पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका वडा नम्बर ११ चाकुपाटकी विष्णु महर्जनले २०७२ फागुनमा महालक्ष्मी विकास बैंकबाट २५ तोला सुन धितो राखेर १४ लाख बढी रुपैयाँ ऋण लिएकी थिइन् ।

करिब ६ वर्षअघि बैंकमा धितो राखेको सुन भदौ १० गते फिर्ता माग्दा बैंक म्यानेजरले उक्त सुन ६ महिनाअघि नक्कली देखिएको भन्दै महर्जनलाई जानकारी दिएका थिए । तर महर्जनले भने सुन धितो प्रक्रियाको बेला नै बैंकले परिक्षण गरेको बताएकी छन् । बैंकले नक्कली सुन दिएको भन्दै महर्जन अहिले मिडियासँग र प्रहरीसँग न्यायको लागि अपिल गरिरहेकी छन् । 


 

विशेष