जिहादी खतराका बाबजूद तालिबानलाई समर्थन गरिरहेको पाकिस्तानलाई भारतको त्रास : विश्लेषक
इस्लामावाद । अफगानिस्तानमा तालिबानी समूहले सत्ता कब्जा गरेपछि पाकिस्तानले पश्चिमा मुलुकहरुको टिप्पणीविपरीत प्रतिक्रिया दियो । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले तालिबानी समूहले सत्ता कब्जा गरेपछि अब अफगानी नागरिकहरुको दासत्वको दाम्लो चुँडिएको प्रतिक्रिया दिएका थिए ।
तालिबानी समूहको जितले अफगान नागरिकहरु स्वतन्त्र भएको प्रधानमन्त्री खानको टिप्पणी थियो । तर, वास्तविकता फरक छ । अफगानिस्तानमा तालिबानी समूहले सत्ता कब्जा गरेपछि महिलाहरुलाई एक्लै घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ भने १० वर्षभन्दा माथिका छात्राहरुलाई विद्यालयमा जान रोक लगाइएको छ ।
पाकिस्तानको उक्त अभिव्यक्तिले भारतको त्रास पाकिस्तानमा थप बढेको छ । फ्रान्स २४ मा प्रकाशित एक लेखमार्फत टम विलडोमले तालिबानलाई समर्थन गरिरहेको पाकिस्तान एकातिर आन्तरिक जिहादीको त्रासमा छ भने अर्कोतर्फ भारतको ।
नयाँ दिल्लीको समर्थन रहेको अफगानी राष्ट्रपति असरफ घानी नेतृत्वको सरकारलाई अपदस्थ गर्दै सत्ता कब्जा गरेको तालिबानी समूहको समर्थनमा पाकिस्तानले अभिव्यक्ति दिँदा भारतसँगको बन्दै गरेको सम्बन्धमा थप दरार पैदा भएको छ ।
उनका अनुसार घानी नेतृत्वको सरकालाई भारत र पश्चिमा देशहरुको सहयोग रहेको र पश्चिम र उत्तरमा अफगानिस्तान र पूर्वमा भारत रहेकोले पाकिस्तानको विदेश नीति यसै त्रासमा केन्द्रित रहेको थियो । अधिकांश विश्लेषक र पत्रकारहरुले न्युयोर्क टाइम्सका लागि अफगानि पत्रकार कारलोट गालले सन् २०१४ मा प्रकाशन गरेको आफ्नो पुस्तकमा गलत शत्रुमा पाकिस्तानले तालिबानलाई समर्थन गरेको विषयमा आलोचना गरिएको छ ।
तालिबानलाई विशेषगरि पाकिस्तानमो जासुसी संस्था आईएसआईले समर्थन गरेको आरोप लगाइएको छ । पेरिसस्थित फाइन्सियल टास्क फोर्सले पाकिस्तानलाई आतंकवादलाई नियन्त्रण गर्न र तालिबानलगायतका आतंकवादी समूहलाई सहयोग गर्न रोक्न पटक पटक आग्रह गरेको थियो । तर, पाकिस्तानले भने उक्त कार्य जारी राखेको छैन ।