News

कंगाल भेटवालको घर पनि वैंकमा, घरभाडा तिर्न सकस

कंगाल भेटवालको घर पनि वैंकमा, घरभाडा तिर्न सकस

वैंक घोटाला प्रकरणमा पटक–पटक ‘प्रहरी हिरासतको हावा खाएका’ ठेकेदार मनोज भेटवाल टाट पल्टिदै जाँदा भएको घर पनि वैंकले तानेको छ।

काठमाण्डौं भ्यूटावर ठेकेदार भेटवालले वैंकको ऋण तिर्न नसकेपछि अनामनगर स्थित उनको घर वैंकले तानेको श्रोतले जनाएको छ। घर वैंकको लिलामी प्रकृयामा गएपछि उनी भने बुढानिलकण्ठ स्थित भाडाको घरमा वस्न थालेका छन् ।

श्रोतका अनुसार भेटवाल आर्थिक रुपमा टाट पल्टिदै गएकाले केहि समयपछि घरको भाडा समेत तिर्न नसकेर निकालिएको चर्चा आए अनौठो मान्नु नपर्ने अवस्था छ ।

आर्थिक रुपमा असक्षम भएकै कारण भेटवालले जिम्मा लिएको काठमाण्डौं भ्यूटावरको निर्माण कार्य अपेक्षा अनुसार अघि वढ्न सकेको छैन। सम्झौता अनुसार काम सम्पन्न नगर्ने उनै भेटवाललाई काठमाण्डौं महानगरपालिकाले दुई पटक म्याद थप गरिदिएको पाईएको छ।

मनोज भेटवाल वैंक घोटाला प्रहरी हिरासत

विशेष