मुख्यमन्त्री भएको १३ दिनमै अष्टलक्ष्मी अल्पमतमा, मन्त्री पनि नेपाल पक्षमा
वागमती प्रदेशस सरकार सामाजिक विकास मन्त्री कृष्ण खनालसहित १२ जना प्रदेशसभा सदस्यले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) रोजेपछि मुख्यमन्त्री अष्टलक्षमी शाक्य अल्पमतमा परेकी छिन् ।
१२ जना प्रदेश सभा सदस्यले हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर नेकपा (एस)को पक्षमा सनाखत गरेका छन् । राजेन्द्र पाण्डे, मुनु सिग्देल, वसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, ईन्द्रमाया गुरुङ, माधव पौडेल, वसन्त मानन्धर, रमा आले मगर, कुसुमकुमार कार्की र कृष्ण खनालले नेकपा एसका पक्षमा सनाखत गरेको जनाईएको छ।
सामाजिक विकास मन्त्री खनालले पनि नवगठित पार्टी रोजेका छन् । अष्टलक्ष्मी शाक्यले आफू मुख्यमन्त्री भएकै दिन उनलाई नेपाल पक्षमा जानबाट रोक्नका लागि मन्त्री बनाएकी थिइन् ।
एमालेका ५६ जनामध्ये १२ सांसदले नेकपा एस रोजेसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । यो संख्या १५ जनासम्म पुग्ने नेपाल पक्षको दावी छ ।
अब शाक्यले ३५ दिनभित्र विश्वासको मत लिनुपर्नेछ । बागमतीमा शाक्यलाई हटाएर नेकपा एसले राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ। नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले शाक्यक आफ्नो पक्षमा नखुलेमा हटाउनुको विकल्प नरहेको बताएका छन्।
माधवकुमार नेपाल नेकपा (एकीकृत समाजवादी) वागमती प्रदेश अल्पमत