News

महेश वस्नेतको आरोप– च्याँखे थापेर छोरीलाई मेयर बनाएका प्रचण्डले फेरि दाउ थापे

महेश वस्नेतको आरोप– च्याँखे थापेर छोरीलाई मेयर बनाएका प्रचण्डले फेरि दाउ थापे

केपी शर्मा ओलीका मानस पुत्र भनेर चिनिएका नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा नेतृत्वको सरकारलाई सुरुवातमै ‘कुपोषण लागेको’ आरोप लगाएका छन् ।

भक्तपुरमा आज आयोजित एक कार्यक्रममा उनले देउवा प्रधानमन्त्री भएको दुई महिना पुग्न लाग्दा पनि मन्त्रीपरिषदले पुर्णता नपाएको र वर्तमान सरकार संविधानअनुसार नचलेको वताए । वस्नेतले दल विभाजन गराउने अध्यादेश ल्याएकोप्रति पनि आक्रोश व्यक्त गरे ।

सभामुख अग्निप्रसाद सापकोटाले विगतको गुरिल्ला शैली छोडन नसकेको उनको आरोप छ। देशी विदेशी केही शक्तिको आडमा सभामुखले नेपाली राजनीतिलाई अस्थिरतातिर धकेलेको आरोप उनले लगाए । 

नेकपा एमालेले सिफारिस गरेका १४ सांसदलाई कारवाही नगरेकोप्रति आक्रोश व्यक्त गर्दै नेता बस्नेतले ति सांसदलाई तत्काल कारवाही गर्न माग गरे । नेपाली राजनितिमा च्याँखे दाउ थाप्न माहिर प्रचण्डले काँग्रेससँग सहकार्य गरी आफ्नो छोरीलाई मेयर बनाएको र अहिले गठबन्धनको नाममा फेरि दाउ थापेको वताए ।

महेश वस्नेत

विशेष