केपी ओली र माधव नेपालविच आजै भेटवार्ता, के हुँदैछ सहमति ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालविच आजै भेटवार्ता हुने भएको छ। पार्टी श्रोतका अनुसार पार्टी एकताका लागि अन्तिम प्रयास स्वरुप दुवै नेताले भेटवार्ता गर्न लागेका हुन ।
भेटवार्ताको स्थान र समय भने गोप्य राखिएको छ । तर, आजको भेटवार्ता पार्टी एकतामा महत्वपुर्ण सावित हुने नेताहरुले वताएका छन् ।
विघटित कार्यदलले पार्टी एकताका लागि दुवै नेता छलफलमा वस्नु अनिवार्य भएको भन्दै भेटवार्ताका लागि पहल गरिरहेका थिए । तर, नेता नेपालले भने ओलीसँगको भेटलाई अस्विकार गर्दै आएका थिए ।
ओलीले कार्यदलको १० वुँदे सहमति अनुमोदन गरेर कार्यान्वयका लागि अग्रसरता देखाई सक्दा पनि नेपालले वेवास्ता गर्दै आएका थिए । तर, पछिल्लो पटक ओलीले आफु पक्षको स्थायी कमिटी बैठक वोलाएर विभिन्न विभागमा मनोनयन गर्न थालेपछि नेता नेपाल छलफलमा वस्न तयार भएको हुन सक्ने पार्टीका नेताहरुको आँकलन छ।
सोमवार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको बैठकले स्कुल विभाग (प्रमुखः केपी शर्मा ओली), सङ्गठन विभाग (प्रमुखः विष्णुप्रसाद पौडेल), प्रचार विभाग (प्रमुख : प्रदीप ज्ञवाली), संसदीय विभाग (प्रमुख: सुवास नेम्वाङ), आर्थिक विभाग (प्रमुख : विष्णु रिमाल), पर्यटन प्रवद्र्धन विभाग (प्रमुख : भानुभक्त ढकाल), विदेश विभाग (प्रमुख : डा राजन भट्टराई), स्थानीय तह विभाग (अग्नि खरेल) र निर्वाचन विभाग (प्रमुख : देवेन्द्र दाहाल) मनोनयन गरेको थियो ।
केपी शर्मा ओली माधवकुमार नेपाल भेटवार्ता