News

तुईन प्रकरणः समितिले प्रतिवेदन वुझायो, सार्वजनिक गरिएन

तुईन प्रकरणः समितिले प्रतिवेदन वुझायो, सार्वजनिक गरिएन

दार्चुलाका जयसिंह धामी ‘तुइनबाट खसेर’ महाकाली नदीमा बेपत्ता भएको विषयमा छानबिन गर्न बनेको समितिले मंगलवार गृह मन्त्री वालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ ।

समितिका संयोजक तथा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले प्रतिवेदन बुझाएका हुन । 

छानबिन प्रतिवेदनको विवरण भने सार्वजनिक गरिएको छैन। ०७८ साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ मालका ३३ वर्षीय जयसिंह धामी तुइनबाट महाकालीमा खसेर बेपत्ता भएका थिए।

भारतीय भूमिमा घटना भएकाले नेपालले अनुसन्धान गर्न कानुनी जटिलता रहेको प्रतिवेदनमा उल्लेख रहेको बताइन्छ। गृह मन्त्रालय स्रोतले प्रतिवेदनको संक्षिप्त विवरण सार्वजनिक गरिने जानकारी दिएको छ।

तुइनबाट भारतीय भूमि गस्कु हुँदै दार्चुला सदरमुकाम खलंगा हिँडेका धामी तुइनबाट महाकाली पार गर्नै लाग्दा ‘भारतीय सशस्त्र सीमा बलले तुइन काटिदिएपछि’ बेपत्ता भएका थिए।

यसबीचमा सरकारले धामीको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । तर, आफन्तले भने १० लाख दिएर सरकारले घट्नालाई ओझेलमा पार्न खोजेको आरोप लगाएका छन् ।
 

तुइन प्रतिवेदन जयसिंह धामी छानबिन समिति

विशेष