News

सभामुख राजमार्गमा हिड्नै मान्दैनन, कान्ला–कान्ला र भिर–भिर कुद्छन्ः ओली 

सभामुख राजमार्गमा हिड्नै मान्दैनन, कान्ला–कान्ला र भिर–भिर कुद्छन्ः ओली 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा राजमार्ग छोडेर कान्ला–कान्ला र भिर–भिर कुदिरहेको वताएका छन् ।

नेकपा एमाले झापा–काठमाण्डौ सम्पर्क समितिले आज काठमाण्डौमा आयोजना गरेको सी डिभिजन छनोट खेलिरहेका खेलाडीसँग छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सभामुखले राजनीतिलाई कुबाटोमा हिँडाउन खोजेको आरोप लगाए।

‘राजनीतिलाई कुबाटोबाट हिँडाउन खोजिएको छ । राजमार्गबाट सभामुख हिँड्न मान्दैनन् । बाटाबाट हिँड्न मान्दैनन्’ उनले भने–‘कान्ला–कान्ला, भिर–भिर कुद्छन् । संविधानको, कानुनको राजमार्ग छ, त्यो राजमार्ग छोडेर भित्तातिर ठोक्किन जान्छ । सम्मानित अदालतको कुरै नगरौँ । त्यहाँ बसेपछि त जे गर्दा पनि हुन्छ । त्यही भइरहेको छ ।’

आफुहरुले ती कुरालाई स्वीकारेर, मानेर लोकतन्त्रप्रति चिन्ता गरिरहेका उनले वताए । ‘चिन्ता लोकतन्त्रको भविष्यप्रति गरिरहेका छौँ । किनभने लोकतन्त्रको भविष्य हाम्रो बलिदानसँग जोडिएको छ’– उनले भने।

वर्तमान सत्ता गठबन्धनले अलोकतान्त्रिक अभ्यास गरिरहेको उनले आरोप लगाए । ‘अहिले सबैभन्दा बढी समाजका लागि चिन्ता भएको, राजनीतिमा चिन्ता भएको कुरा भनेको अलोकतान्त्रिक अभ्यासको हो, यो चिन्ताको विषय हो’ उनले भने–‘सरकारमा को रह्यो, को रहेन, को गयो, जालझेल, षड्यन्त्र गरेर, तिकडम गरेर, स्वार्थका पोकाहरू एक ठाउँ भेला भएर, उद्देश्य नभएका मान्छेहरूको समूह गयो होला सरकारमा चिन्ताको विषय होइन । के को गठजोड चुनावमा गएर सब ठिकठाक भइहाल्छ ।’

नेकपा एमाले केपी शर्मा ओली कान्ला–कान्ला

विशेष