News

ओलीका साइवर सेनापतिलाई देउवा सरकारले सोध्यो स्पष्टीकरण !

ओलीका साइवर सेनापतिलाई देउवा सरकारले सोध्यो स्पष्टीकरण !

केपी शर्मा ओलीको साईवर सेनाका सेनापपतिको रुपमा सकृय रहेका रेलवे विभागका प्रमुख गुरु भट्टराईलाई सरकारले स्पष्टिकरण सोध्ने निर्णय गरेको चर्चा सुरु भएको छ ।

सरकारले स्पष्टिकरण सोध्ने निर्णय गरेको चर्चा भट्टराई स्वयमले पनि पुष्टि गरेका छन् । मंगलवार साँझ करिव ८ वजे आफनो फेसवुकमा ‘आचरण विपरित काम गरेको आरोपमा स्पष्टिकरण सोध्ने निर्णय गरेको खवर आएको’ उल्लेख गरेका छन् ।

‘सरकारले मलाइ शुन्य स्थितिमा रहेको रेल्वे कम्पनिलाइ ब्युँझाएर रेल संचालन गर्न तयार पारेर उद्घाटनको लागी बिभागिय मन्त्री कुरिरहेको अवस्थामा आचरण विपरित काम गरेको आरोपमा स्पष्टिकरण सोध्ने निर्णय गरेको भन्ने खबर सुनेर हाँसो लाग्यो’ उनले फेसवुकमा लेखेका छन्–‘रेल चलाउन सबै प्रकृया भर्खर सम्पन्न गरेपछि बिताउने भो भन्ने पनि लाग्यो होला ।’

उनले आफुलाई स्वतन्त्र नागरिक भएको दावी गर्दै मानव हुनुको नाताले विचारविहिन पशु चै नभएको जनाएका छन् । ‘मेरा निजी विचार र बिष्लेषणहरु सम्प्रेषण गर्दा आचरण बिपरित हुने लोकतन्त्रमा म छु भने पुर्ण लोकतन्त्रको निम्ति सँधै लडिरहन्छु जहाँ बैचारिक भिन्नता प्रतिशोध साध्ने बिषय नबनोस’ उनले अगाडि थपेका छन्–‘जहाँसम्म म कर्मचारी भएकाले अन्य बिषय बोल्न लेख्न नमिल्ने भन्ने तर्क छ, मैले नेपाल सरकारलाइ मेरो जीवन दास बनाउँन बिक्रि गरेको हैन । मैले मेरो सीप र क्षमताको ७ घन्टा समय राज्यलाइ दिने सम्झौता गरेको मात्र हो ।  म कर्मचारी रहदा मेरो जिम्मेबारीमा कुनै राजनीतिक आग्रह वा पुर्वाग्रह नराखी एक सय प्रतिशत दिन्छु, दिएको छु ।’

अन्य कुरामा मलाइ जंजीरले बाँध्न सक्ने यो दुनियामा कोही जन्मेको छैन भन्दै उनले अब पनि नजन्मिने वताएका छन् । ‘मैले रेल संचालनको अन्तिम बिन्दुमा पुर्याएका बेला स्पष्टिकरणको झट्टी आएको छ । बिधी पुर्याउँन होला । तर आचरणको स्पष्टिकरण भनेको सुन्दा चै सार्है हाँसो लाग्यो । कामको बिषयमा आएको भए हुन्थ्यो । नेपाली जनता काम र परिणाम चाहन्छन, दलको दास बनोस भन्ने हैन’ उनले लेखेका छन्–‘त्यलैले यस्ता समाचारबाट म प्रति सद्भाव राख्नेहरु दुखित नहुनुस । यसै पनि म लिस्टको १ नं मा थिएँ । मेरो आशंका भन्दा फरक बिषय बिलकुल हैन । तर म देश र जनताका सवालमा पिठ्युँ फर्काएर भाग्ने मान्छे हैन, छाती खोलेर निष्ठाकासाथ समस्याको सामना गर्न तयार छु । बाँकी कुरा स्पष्टिकरण पत्र पढेपछि त्यसको दृढताका साथ जवाफ दिने छु ।’

गुरु भट्टराई तिनै ब्यक्ति हुन जस्ले फेसबुकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ का बारेमा तथानाम र ब्यक्तिगत मानहानी गर्ने पोष्टहरु शेयर गर्ने गरेका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्ध एक शब्द पनि सुन्न नचाहने भट्टराईले पत्रकार किशोर श्रेष्ठलाई पनि अनर्गल गालि गरेका थिए ।

सरकारी पदमा बसेर सामाजिक सञ्जालमा मनपरी लेख्ने गरेकै कारण अधिकांशले उनलाई साईबर सेनाका सेनापती  भनेर चिन्ने गर्थे । वरिष्ठ नेता नेपालले भने भट्टराई ‘साईवर स्याल’ को उपाधि दिएका थिए । 

यो पनि

ओलीका हनुमानद्वारा पत्रकार श्रेष्ठमाथि प्रचण्डको जुम्रा र धन लुकाउने सारथी भएको आरोप

गुरु भट्टराई साइवर सेना रेलवे विभाग

विशेष