News

मन्त्रीपरिषद विस्तारमा सकस : मालदार मन्त्रालयमा माधव र उपेन्द्रको तानातान

मन्त्रीपरिषद विस्तारमा सकस : मालदार मन्त्रालयमा माधव र उपेन्द्रको तानातान

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक निश्कर्षविहीन भएको छ । मन्त्रालय बाँडफाँट तथा मन्त्रिपरिषद् विस्तारका विषयमा ठोस निर्णय लिन भन्दै आज बिहान बालुवाटारमा बसेको बैठकले कुनै पनि निर्णय गर्न नसकेको हो । 

गठबन्धनमा आबद्ध दलहरुको बैठक हिजो पनि बसेको थियो । नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएपछि हिजो पहिलो औपचारिक बैठक बसेको थियो । गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चा आबद्ध छन् ।

वैठकमा मालदार मन्त्रालाय कस्ले लिने भन्ने विषयमा विवाद भएको छ। मूलतः सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबीच मन्त्रालयका विषयमा विवाद देखिएको हो । 

यसअघि नै गृह र कानुन मन्त्रालय कांग्रेस र अर्थ र ऊर्जा तथा जलस्रोत मन्त्रालय माओवादीले हात पारेका छन् । यसैक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच विवाद भएको वैठकका एक सहभागी नेताले वताए । नेता नेपालले आफ्नो पार्टीले पाउने मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय हुनुपर्ने माग गरे। तर, उनले कुरा सक्न नपाउँदै यादवले शक्ति सन्तुलनका हिसाबले दुवै मालदार मन्त्रालयमा माधवजीले दावी गर्न नमिल्ने वताए ।

माधव नेपालको पार्टीलाई भौतिक र उद्योगमध्ये एक दिन सकिने तर बाँकी भने अन्य मन्त्रालय लिनु पर्ने उनले वताएपछि विवाद वढेको ति नेताको भनाई छ। तर, नेता नेपालले भने आफनो अडान नछोडेको बताइएको छ ।

नेताहरुबीचको सहमतिअनुसार काँग्रेसले प्रधानमन्त्रीसहित ५ मन्त्रालयमा पाउने भएको छ भने माओवादी, एकीकृत समाजवादी र जसपाले ५ मन्त्री र एक–एक राज्यमन्त्री पाउने सहमति भएको छ । सबै मन्त्रालय टुङ्गो लगाउनुअघि एकीकृत समाजवादी र जसपाले पाउने मन्त्रालयका विषयमै सहमति हुन नसकेको हो ।

सत्तारुढ गठबन्धन मन्त्रालय बाँडफाँट मन्त्रिपरिषद् विस्तार मालदार मन्त्रालय

विशेष