News राजनीति

गैरसांसद ‘सम्धीका साढु भाई’लाई मन्त्री वनाउन माधव नेपालको कसरत

गैरसांसद ‘सम्धीका साढु भाई’लाई मन्त्री वनाउन माधव नेपालको कसरत

मन्त्रीपरिषद विस्तारसँगै माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा तनाव उत्पन्न हुने देखिएको छ। पार्टीभित्र मन्त्रीका लागि सांसदहरुकै हानाथाप चलिरहेका वेला अध्यक्ष नेपालले गैरसांसद आफन्तलाई मन्त्री वनाउन खोजेपछि विवादका संकेत देखिएका हुन । 

प्रतिनिधि सभा पुनर्स्थापना र शेरवहादुर देउवालाई प्रधानमन्त्री वनाउन विश्वासको मतका लागि नेता नेपाललाई साथ दिएका कतिपय सांसदहरु मन्त्री नपाए पार्टी छोड्ने योजनामा छन्। तर, पाएको मन्त्रालय र आकांक्षीको संख्या हेर्दा सांसदहरुमा असन्तुष्टी वढ्ने निस्चित छ। त्यसमाथि पनि नेपालले गैरसांसद आफन्तलाई मन्त्री वनाउन खोजेपछि त्यसपछिको अवस्था के होला भनेर आंकल गर्न सुरु भएको छ।

नेपालले आफ्नो भागमा परेको मन्त्रालयमा अधिवक्ता गोविन्द  बन्दी (शर्मा)लाई मन्त्री बनाउन लागेका छन् । बन्दीलाई कानुन मन्त्री बनाउने उनको तयारी छ । बन्दी मन्त्री बनेको खण्डमा उनको कार्यकाल गैरसांसदका रुपमा ६ महिनाको हुनेछ। 

माधव नेपालसँग पारिवारिक नातासमेत रहेका बन्दीलाई मन्त्री बनाएर शान्ति प्रक्रियाका कामहरु टुंग्याउन सत्ता गठबन्धनका नेताहरु सहमत भएको बताइन्छ । उनले नेकपा एमाले विभाजन गरेर नयाँ पार्टी दर्ता गर्नु अघि नै प्रधानमन्त्री शेरवहादुर देउवासँग यस विषयमा कुरा गरेका थिए । देउवाले पनि नेपालको कुरामा सहमति जनाएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार नेता नेपालले ६ महिने मन्त्रीका लागि वोकेर खोजेका वन्दी उनका सम्धी सोमप्रसाद पाण्डेका साँढु भाइ हुन् । बन्दीले प्रतिनिधि सभा विघटन मुद्दामा रिट निवेदकको तर्फबाट बहस गरेका थिए ।

दैलेख स्थायी ठेगाना भएका उनलाई केपी ओली सरकारका पालामै सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष बनाउन खोजिएको थियो। तर तत्कालीन नेकपाका अध्यक्ष प्रचण्डले वन्दीको नाममा असहमती जनाएपछि गणेशदत्त भट्टको नाममा सहमति जुटेको थियो ।

बन्दीले माओवादी नेताहरुलाई अप्ठेरो पर्ने खालका द्धन्द्धकालीन मुद्दाहरु अदालतमा लगेका कारण प्रचण्ड त्यतीबेला बनदीसँग डराएका थिए । पछिल्लो समय दुवै संसद विघटनका मुद्दामा बन्दीले ओलीविरुद्ध अदालतभित्र र बाहिर माहौल सिर्जना गरेकाले यसपटक भने प्रचण्ड पनि बन्दीसँग प्रभावित भएको वताईन्छ।

माधवकुमार नेपाल नेकपा (एकीकृत समाजवादी) गैरसांसदलाई मन्त्री मन्त्रीपरिषद विस्तार गोविन्द  बन्दी (शर्मा)

विशेष