News अपराध सुरक्षा

पद र पैसाको वलमा यसरी उन्मुक्ती पाउँछन् वलात्कारमा मुछिएका जनप्रतिनिधि

पद र पैसाको वलमा यसरी उन्मुक्ती पाउँछन् वलात्कारमा मुछिएका जनप्रतिनिधि

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–७ का वडाध्यक्ष श्यामकुमार यादवविरुद्ध उनकै छिमेकी महिलाले जिल्ला प्रहरी कार्यालयमा बलात्कार प्रयासको उजुरी दिएकी छिन् । 

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कृष्ण गिरीका अनुसार यादवविरुद्ध उजुरी परेपछि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ तर, वडाध्यक्ष यादव भने फरार भएका छन् ।

उजुरी अनुसार भदौ ५ गते राति वडाध्यक्ष यादव आफ्नो घरमा प्रवेश गरी बलात्कार प्रयास गरेको उल्लेख छ। 

यतिमात्र होईन, पछिल्लो समय जनप्रतिनिधि विरुद्ध वालात्कार र वलात्कार प्रकारका उजुरी र आरोप वढिरहेका छन् । तर, कतिपय उजुरी दवाव र प्रभावमा निस्कृय वनाईन्छ भने कतिपयले भने अदालतवाट धरौटीमा उन्मुक्ति पाउने गरेका छन् ।

यसैगरी पद र पैसाको प्रभावमा कतिपय मुद्दामा भने पीडित नै पीडकको रक्षकका रुपमा उभिएको पनि देखिन थालेको छ। 

यीनै उदाहरण मध्ये वलात्कारको आरोप लागेका रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) ८ भदौमा ५ लाख ५० हजार रुपैयाँ धरौटी वुझाएर रिहा भए । जिल्ला न्यायाधिस मातृकाप्रसाद मरासेनीको इजलासले थुनछेक बहसपछि शुक्ललाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

सम्मरीमाईकी स्थानीय ३० वर्षीया महिलाले आफूलाई जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरीमा निवेदन दिएपछि शुक्ला साउन २८ गते पक्राउ परेका थिए।

यसैगरी, कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीमाथि आफ्नै स्वकिय सचिव अम्मरराज सेजुवालकी श्रीमती मिमसरा कुमारी महतारालाई वलात्कार गरेको आरोप लागेको छ। सांसद हुँदा तत्कालीन स्वकीय सचिवकी श्रीमती महतरालाई यौन दुब्र्यवहार गरेको भिडियो समेत सार्वजनिक भएको थियो । शाहीले ०७६ माघमा उक्त घट्ना घटाएको पीडित परिवारले जनाएका थिए । घट्ना थाहा पाएपछि पीडित महिलाका पतिले शाहीसँग ‘रकमको बार्गेनिङ’ समेत गरेको सूचनाहरु वाहिरिएका थिए ।

तर, पछिल्लो समय भने पीडितहरुनै शाहीको रक्षकका रुपमा उभिएका छन् । घट्नाको निस्पक्ष छानविन र अनुसन्धान हुन नपाउँदै पीडित महिला स्वयमले मन्त्रीले आफूमाथि कुनै अनैतिक व्यवहार नगरेको बरु आफ्नो इज्जतमाथि राजनीति गरिएको दाबी गरेपछि घटनाले नयाँ मोड लिएको छ।

महताराले पत्रकार सम्मेलन नै गरेर आफूलाई अनावश्यक रुपमा मन्त्रीसँग जोडेको भन्दै गम्भिर ध्यानआकर्षण भएको बताईन। उनले आफुलाई मन्त्रीले नभई मिडियाले नै बलात्कृत बनाइरहेको र आफ्नो इज्जतमाथि राजनीति गरिएको आरोप लगाईन।

पीडित भनिएकी महतरा आफैं रक्षक भएर अगाडि आएपछि उनी आर्थिक तथा मानसिक दवावमा परेको हुन सक्ने आँकलन हुन थालेको छ। 

यो पनि

वलात्कारको आरोप लागेका गाउँपालिका अध्यक्ष धरौटीमा छुटे

https://www.nepalaaja.com/2021/8/2021822153746

वलात्कार

विशेष