News

तुईन काटेको आरोप खेपिरहेको एसएसबीले नेपाली महिलाको ज्यान वचायो

तुईन काटेको आरोप खेपिरहेको एसएसबीले नेपाली महिलाको ज्यान वचायो

नेपालमा कहिलेकाहीं अप्रत्यासित रुपमा राष्ट्रवाद उम्लेर आउँछ। राष्ट्रवादको नारा भजाएर राजनीतिक स्कोर लिन सिपालु धुर्तहरुले कहिले सुस्ता र कहिले कालापानीका नाममा राष्ट्रवाद उमाल्छन् । पछिल्लो समय दार्चुलाको ब्यास नगरपालिका– २ मालघाटको तुईनमा राष्ट्रवादको आगो फुक्ने प्रयास भईरहेको छ ।

अर्थात जस्ले जती भारत विरोधी कुरा गर्न सक्छ र जती भारतलाई गाली गर्न सक्छ उ त्यती नै ठुलो राष्ट्रवादी ठहरिन्छ। अर्थात भारतलाई गाली गर्नु नै राष्ट्रवाद हो भन्ने वुझेका उपवुज्रुकहरुले वेला वेलामा यो हावा चलाउने गरेका छन् ।

महाकालीमा खसेर ३० वर्षीय जयसिंह धामी बेपत्ता भएको विषयमा अहिले भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ब्यापक विरोध भईरहेको छ । 

यसरी एकातर्फ भारत र एसएसवी विरोधी नारा लागिरहेको छ भने अर्कोतर्फ एसएसबीले नेपाली नागरिकलाई सहयोग गरेर मनावताको झल्को देखाएको विषय चर्चामा आएको छ । एसएसबीले बीरामी भएकी दार्चुलाकी नेपाली महिलालाई अस्पताल पुर्याएर सहयोग गरेको छ ।

एसएसबीका जवानहरुले बीरामी भएकी महिलालाई भारतको धारचुला सीतापुल हुँदै नेपाल प्रवेश गराएका छन् । यसको लागि एसएसबीले चार नेपाली नागरिकहरुलाई पनि बीरामी भएकी महिलासँग नेपाल क्षेत्रसम्म जाने अनुमति दिएको थियो ।

नेपाल एपीएफको छांगरु पोस्टमा निर्माण कार्य चालिरहेको छ । आइतबार गार्लिक निर्माण सेवा कम्पनी (नेपाल) का म्यानेजर इन्चार्ज सहदेव बोहराको निगरानीमा मजदुरहरु काम गरिहेका थिए । सोही समय दार्चुला नौगाड गाउपालिका–१ बस्ने रमेश ठेकरेकी २० वर्षीया श्रीमती मजदुर संगीता ठेकरेको पेटमा अचानक पीडा सुरु भएको थियो । त्यसपछि संगीतालाई अस्पताल लैजाने प्रयास भयो । तर नेपालतर्फको बाटो खराब भएका संगीतलाई अस्पताल पुर्याउन सकिएन।

उपचारको लागि भारतको धारचुला सीतापुलको बाटो हुँदै संगीतालाई अस्पताल लैजान बाहेक कुनै विकल्प थिएन । तर बीरामी संगीतासँग यसको लागि कुनै अनुमति थिएन । आपत स्वास्थ्यकी एसएसबी बी समवाय गब्र्यागका समवाय कमान्डरलाई यसको जानकारी हुनसाथ बीरामी संगीतासहित ५ जनालाई अनुमति दिइएको थियो ।

परिस्थितीको आकलन गर्दै उनीहरुलाई भारतको धारचुला सीतापुल हुँदै नेपाल प्रवेश गराइएको थियो । संगिताको अवस्था गम्भीर भएकोले एसएसबीका जवानहरुले तुरुन्त संगीतालाई आफ्नै वाहनमा छियालेखसम्म पुर्याई दिए । भारतीय सेनाको एमआई कक्षमा संगीताको प्राथमिक उपचार गरी बुँदी तर्फ पठाइएको थियो ।

भारतीय शेनाको यो उदार भावनाको अहिले नेपालीहरुले प्रशंसा गरिरहेका छन्।

यो पनि

प्रचण्डकै कार्यकर्ता भन्छन् – यो सरकार भारतबाट संचालित छ

तुईन राष्ट्रवाद एसएसबी

विशेष