News

जुलुस, धर्ना, सभा आयोजना गरे कारवाही (सूचनासहित)

जुलुस, धर्ना, सभा आयोजना गरे कारवाही (सूचनासहित)

काठमाण्डौंमा सभा, जुलुस, धर्ना, गोष्ठी गर्न वन्देज गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गरी यस्ता गतिविधि नगर्न आदेश गरेको हो।

काठमाडौं उपत्यकामा निषेधाज्ञा कायमै रहेको र कोरोना संक्रमणको दर बढ्दै गएको भन्दै भीडभाडजन्य गतिविधि नगर्न सचेत गराएको छ।

सभा, जुलुस जस्ता गतिविधि गर्ने, तोकिएको स्वास्थ्य मापदण्ड पालना नगर्ने, मास्कको उचित प्रयोग नगर्ने, भौतिक दूरी कायम नगर्ने र अव्यवस्थित रुपमा सार्वजनिक गतिविधि सञ्चालन गर्नाले कोभिड–१९ को संक्रमण दर उच्च हुन गइ तेस्रो लह र आउन सक्ने सम्भावना देखिएको प्रशासनले जनाएको छ।

जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे÷गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने प्रशासनले चेतावनी दिएको छ। 

विशेष