News

मुख्यमन्त्रीमाथि सांसद वन्धक वनाएको आरोप, धुरु–धुरु रोईन ‘भाउजु सांसद’

मुख्यमन्त्रीमाथि सांसद वन्धक वनाएको आरोप, धुरु–धुरु रोईन ‘भाउजु सांसद’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुरु गरेको संसदीय अपराध लुम्विनी प्रदेशमा पनि सरेको छ । कहिले माओवादी र केहिले एमाले गर्दै आएकी लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वलीले वुधवार आफुलाई वन्धक वनाईएको वताएकी छिन् ।

नेकपा एमालेमा रहेकी सांसद वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएर यस्तो वताएकी हुन । यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका थिए । तर उनी बुधबार बिहान माओवादी केन्द्रको प्रदेशसभा सचिवालयको संसदीय दलको कार्यलयमा उपस्थित भएकी छिन् ।

माओवादी संसदिय दलको कार्यालयमा उपस्थित भएर उनलाई आफूलाई मुख्यमन्त्रीको कार्यलयमै वन्धक वनाईएका कारण सम्पर्कबाहिर रहेको बताएकी छन् । उनी कार्यलयमा बिहान ११ बजे उपस्थित भएकी थिइन् ।

माओवादी दलले जनाए अनुसार उनी त्यहाँ पुगेर धुरु धुरु रोएकी थिईन । मुख्यमन्त्रीको कार्यलयमा बन्धक बनाएर नक्कली हस्ताक्षर गरी एमाले प्रवेश गरेको व्यहोरा सार्वजनिक गरेको पनि उनले आरोप लगाएकी छिन् ।

उनले सरकारसँग आफ्नो जीवन रक्षाको माग गरेकी छिन् भने त्यस विषयमा पत्रकार सम्मेलन पनि गर्ने वताएकी छिन् । 

दुईमहिना अघि माओवादी नेत्री तथा पूर्वसभामुख ओनसरी घर्ती र सांसद सुदर्शन बरालमार्फत् ५५ लाख बुझी माओवादीको पक्षमा लागेकी उनी केही दिनअघि एमालेमै फर्किएकी थिइन् । अव फेरी उनी माओवादीमा फर्किएकी छिन् ।

यस अघि जनता समाजवादी पार्टी फुटाउन एमाले अध्यक्ष ओलीले पनि सांसद अपहरण गराएका थिए । एमाले केन्द्रीय सदस्य महेश वस्नेत, नेता किसान श्रेष्ठ, पुर्व प्रहरी महानिरिक्षक सर्वेन्द्रनाथ खनाललगायतका ब्यक्ति सांसद अपहरणमा सहभागि भएका थिए ।

यो पनि

‘भाउजू सांसद’ प्रकरणले शंकर पोखरेल धरापमा, सरकारी निवासवाट भागिन ओली

लुम्बिनी प्रदेश शंकर पोखरेल भाउजु सांसद विमला खत्री वली

विशेष