News

जसपा नेता ठाकुर पक्षको रिटमा अन्तरिम आदेश अस्विकार

जसपा नेता ठाकुर पक्षको रिटमा अन्तरिम आदेश अस्विकार

जनता समाजवादी पार्टी (जसपा)का नेता महन्थ ठाकुर पक्षको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । आधिकारिकता विवादमा निर्वाचन आयोगको निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

आयोगले अध्यक्ष उपेन्द्र यादव समूहलाई पार्टीको आधिकारिकता दिएपछि नेता ठाकुर पक्ष अदालत पुगेको थियो। रिटमा न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

निर्वाचन आयोगले साउन ११ गते जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो। यससँगै ठाकुर १५ गते सर्वोच्च गएका थिए। रिटमा निर्वाचन आयोगसमेतलाई विपक्षी बनाइएको छ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा ३४ जना अध्यक्ष यादव पक्षमा उभिएपछि आयोगले आधिकारिकता दिएको थियो। नेता ठाकुर पक्षमा १६ जना मात्रै उभिए।
 

विशेष