News

कुलमानलाई वाटो खुल्ला, २४ घण्टा नपुग्दै शाक्यले वोली फेरे

कुलमानलाई वाटो खुल्ला, २४ घण्टा नपुग्दै शाक्यले वोली फेरे

सरकारले जवरर्जस्ती हटाए अदालत जाने धम्की दिएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको २४ घण्टा नपुग्दै वोली फेरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनबमोजिम ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कार्यकारी निर्देशक शाक्यलाई राजीनामा दिन आग्रह गरेपछि उनले त्यससलाई अस्विकार गर्दै सरकारले हटाए अदालतमा जाने बताए थिए ।

तर, शाक्यले वुधवार सरकारले चाहेमा आफू पदबाट हट्न तयार रहेको बताएका छन्। शाक्यले आफूलाई सरकारले जहाँसुकै पठाए पनि जान तयार रहेको बताए। ‘मेरो आवश्यकता महसुस गरेर सरकारले जहाँसुकै पठाए पनि जान तयार छु’– उनले भने ।

कार्यकारी निर्देशक शाक्यले आफ्नो कार्यकालमा विद्युतमा समस्या नहुने गरी काम गरेको बताए। अघिल्लो वर्षभन्दा यस वर्ष कम विद्युत् आपूर्ति रोकिएको दाबी उनको छ। शाक्यले यस वर्ष १५ प्रतिशतले खपत बढेकाले चुहावट पनि बढेको बताए। 

उनले अस्पतालहरूमा विद्युत् नजाने गरी बस्दोबस्त मिलाइएको तथा गइहालेमा पनि तुरुन्तै सञ्चालनमा ल्याइएको स्पष्ट पारे। यसबीचमा ढल्केबर ४०० केभी सबस्टेसनलाई नेपाल–भारत ४०० केभीमा सञ्चालनमा ल्याएको, खिम्ती ढल्केबर २२० केभी सञ्चालन गरेको, अपर तामाकोसीको कामलाई अगाडि बढाएको, पूर्ण विद्युतीकरण भएका जिल्लामा १३ जिल्ला थपेको उनले बताए।

प्रधानमन्त्री शेरवहादुर देउवाले प्राधिकरणमा शाक्यलाई हटाएर कुलमान घिसिङलाई ल्याउन चाहेका छन् । उनले कुलमान घिसिङलाई ल्याउन उर्जा मन्त्री भुसाललाई मंगलवारै निर्देशन दिएका छन् ।

हितेन्द्रदेव शाक्य कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरण

विशेष