News स्वास्थ्य

कञ्चनरुप नगरपालिकाको घोषणाः गर्भवती महिलालाई निशुल्क एम्वुलेन्स

कञ्चनरुप नगरपालिकाको घोषणाः गर्भवती महिलालाई निशुल्क एम्वुलेन्स

सप्तरीको कञ्चनरुप नगरपालिकाले महिलाहरुका प्रयोगका लागि आवश्यक सेनिटरी प्याड आफै उत्पादन गर्ने भएको छ । कञ्चनरुप नगरपालिकाका मेयर वसन्तकुमार मिश्रले उत्पादन भएको सेनिटरी प्याड आफनो नगरपालिकाका महिलाहरुलाई निशुल्क उपलब्ध गराईने जानकारी दिए ।

प्याड उत्पादनका लागि उद्योग सञ्चालन गर्न ३२ लाख रुपैयाँ छुट्याईएको नगरपालिका कार्यालयले जनाएको छ । प्याडको उत्पादन तथा विक्रि वितरणमा स्वयम् सेविकाहरुलाई परिचालन गर्ने नगरपालिकाको योजना छ । नगर क्षेत्रभन्दा वाहिर विक्रि भएको पैसाको नाफा स्वयम् सेविकाकै सेवा सुविधमा खर्च गरिने स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत डम्वर गुप्ताले जानकारी दिए ।

यसैगरी घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन कञ्चनरुप नगरपालिकाले विशेष योजना सञ्चालन गरेको छ। ‘सुरक्षित मातृत्व नगर’ घोषणा गर्ने उदेश्यले आवश्यक कार्यक्रमहरु सञ्चालन भईरहेको अधिकृत गुप्ता वताउँछन् ।

नगरपालिकाका १२ वडाहरु मध्ये हालसम्म २ र ३ नम्वर वडालाई पुर्ण संस्थागत सुत्केरी घोषणा गरिसकिएको छ। वाँकी वडालाई पनि सोहि अवस्थामा पुर्याएर नगरपालिकालाई पुर्ण संस्थागत सुत्केरी घोषणा गर्ने दिशामा आफुहरु अघि वढेको उनले वताए । 

त्यसका लागि गर्भवती भएको दिनदेखि वच्चा जन्मेको ४५ दिनसम्मको स्वास्थ्यसम्वन्धि सम्पुर्ण खर्च नगरपालिकािले ब्यहोर्ने भएको छ । गर्भाअवस्थामा स्वास्थ्य चेकजाँच, कुनै पनि स्वास्थ्य संस्थामा जानु पर्दाको एम्वुलेन्स भाडा, आईरन चक्किदेखि क्याल्सियम र फोलिक एसिड चक्की समेत निशुल्क वितरण गर्ने गरिएको छ ।

‘सुनौलो हजार दिन’ कार्यक्रम अन्तर्गत पोषण झोला बितरण र स्तनपान सप्ताह कार्यक्रमलाई नगरपालिकाले एकैसाथ सञ्चालन गरिरहेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक सुरेन्द्र यादवले जानकारी दिए । महिला स्वास्थ्यका क्षेत्रमा नगरपालिकाले अत्यन्त गम्भिर भएर काम गरिरहेको उनको दावी छ ।

नगरपालिकाको अथक प्रयास र स्वास्थ्यकर्मीहरुको मेहनतकै कारण विगत तीन वर्षदेखि सतप्रतिशत संस्थागत सुत्केरी गराउन सफल भएको पनि उनले वताए । ‘विगत तीन वर्षदेखि हाम्रो नगरपालिकामा घरमा सुत्केरी गराएको संख्या छैन’ उनले भने–‘आमा र वच्चाको स्वास्थ्यमा नगरपालिका गम्भिर छ। नगरवासी पनि सचेत भएका छन् ।’

कञ्चनरुप नगरपालिका निशुल्क एम्वुलेन्स

विशेष