News विदेश

चीन :  ग्वान्डोङ प्रहरीको निगरानीमा रहेका आलोचक कविद्वारा आत्महत्या 

चीन :  ग्वान्डोङ प्रहरीको निगरानीमा रहेका आलोचक कविद्वारा आत्महत्या 

 

चीनको सर्वसत्तावादी शासन प्रणालीका आलोचक तथा समसामयिक विषयवस्तुमा टिप्पणी गर्ने एक कविले आत्महत्या गरेका छन् । चीनको दक्षिणी प्रान्त ग्वान्डोङमा उनले किटनाशक विषादीको सेवन गरेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

६२ वर्षीय ली ह्युइझीले जुलाई २३ मा आत्महत्या गरेका हुन् । उनलाई विषादी सेवन गरेको थाहा पाउने वित्तिकै प्रान्तको ह्युझोउ सहरमा रहेको अस्पतालमा लगेर भेन्टिलेटरमा राखेर उपचार गराउने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । 

उनका साथी ली जुएवेनले आरएफएलाई कविले आफ्नो ज्यान लिनुअघि उनले एक सुसाइड नोट अनलाइन पोष्ट गरेको बताएका छन् । उनले आफ्नो सुसाइड नोट अनलाइन पोष्ट गरे पछि आफ्नो फोन बन्द गरेको र कीटनाशक विषादी सेवन गरेको बताएका छन् । 

उक्त सुसाइड नोटका अनुसार लीले सत्ताधारी चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) का महासचिव शी जिनपिङको कार्यकालमा उनीमाथिको निगरानी बढाइएको थियो । राष्ट्रपति सीले  सत्ता सम्हालेपछि सार्वजनिक अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याएका छन् । 

२०१९ को बेइजिङ राष्ट्रिय जनकांग्रेस (एनपीसी) को बैठकमा लीलाई आफैंलाई मन्त्रालयस्तर स्थिरता मर्मत लक्ष्यमा राखिएको थियो । उनको फोन मोनिटर गरिएको थियो र उनले शहर छोडेर बाहिर जानका लागि सुरक्षाकर्मी अधिकारीलाई जानकारी गराउनुपथ्र्यो । 

सन् २०२१ को मार्चमा उनलाई हृदयघातसमेत भएको थियो । पछि उनको गतिशीलतामा पनि कमी आएको थयिो । उनको स्ट्रोपछि ह्विलचेयर प्रयोग गर्न बाध्य भएका थिए । उनले लेखेको सुसाइड नोट अनुसार उनलाई सत्ताधारी अधिकारीहरुले बढी दुख दिन थालेपछि आत्महत्या गरेका हुन् । 
 

विशेष