News विदेश

पाकिस्तानका प्रधानमन्त्रीको निवास भाडामा दिइने

पाकिस्तानका प्रधानमन्त्रीको निवास भाडामा दिइने

एजेन्सी । पाकिस्तानमा आर्थिक संटक चुलिँदै गएको छ। सरकारले सेवा तथा सुविधामा व्यापक कटौती गर्दा पनि आर्थिक संकट टार्न सकेको छैन।

पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुने भएको छ। आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको हो। यसलाई सांस्कृति, फेसन र शिक्षाको कार्यक्रमका साथै अन्य इभेन्टका लागि मानिसहरुले भाडामा लिन सक्नेछन्।

स्थानीय मिडियाका अनुसार यस मामिलामा चाँडै इमरानको क्याबिनेटमा छलफल हुनेछ। जसमा प्रधानमन्त्रीको सरकारी आवासबाट आम्दानी गर्ने बारे चर्चा हुनेछ। प्रधानमन्त्री आवासका अडिटोरियम, दुई गेस्ट विङ्ग र एउटा चौरलाई भाडामा दिने तयारी गरिएको बताइएको छ। यसमा कूटनीतिक कार्यक्रम, अन्तर्राष्ट्रिय सेमिनार पनि आयोजना गर्न पाइनेछ।

सन् २०१९ को अगस्तमा सत्तारुढ तहरीक–पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीई) को सरकार बन्दा प्रधानमन्त्री इमरान खानले सरकारी आवासलाई विश्वविद्यालय बनाउने घोषणा गरेका थिए। त्यसपछि इमरानले उक्त घर खाली गरेका थिए। समा टिभीका अनुसार अब विश्वविद्यालयको परियोजना छाडेर प्रधानमन्त्रीको आवासलाई भाडामा दिने निर्णय गरिएको छ।

इमरान प्रधानमन्त्री बनेपछि उनले देशको अर्थव्यवस्थालाई सही ठाउँमा ल्याउन सरकारी खर्चमा व्यापक कटौती गरेका छन्। यसका बावजुद देशको ऋण ४५ हजार अर्ब रुपैयाँ पुगिसकेको छ। इमरान सत्तामा आएपछि ३ वर्षमा पाकिस्तानको अर्थतन्त्र १९ बिलियन अमेरिकी डलरसम्म खुम्चिएको छ।

विशेष