एपोलो अस्पतालमा झलनाथ खनालको मिर्गौला प्रत्यारोपण

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको वुधवार मिर्गौला प्रत्यारोपण गरिएको छ।
भारतको दिल्ली स्थित एपोलो अस्पतालमा उपचाररत खनालको आजै मिर्गौला प्रत्यारोपण गरिएको हो । नेप्रोलोजिस्ट डाक्टर अखिल मिश्राको नेतृत्वमा खनालको उपचार भइरहेको थियो।
बुधबार सर्जन डाक्टर सन्दीप गुलेरिया नेतृत्वमा रहेको टिमले उनको मिर्गौलाको प्रत्यारोपण गरेको खनालको सचिवालयले जनाएको छ। मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको जनाईएको छ।
अब केही समय अस्पतालमै आराम गरेर त्यसपछि मात्रै उनी स्वदेश फर्किने स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।