News विदेश

सामाजिक सञ्जालमा चीनको आतंक, नक्कली आईडी वनाएर विरोधी राष्ट्रको वदनाम

सामाजिक सञ्जालमा चीनको आतंक, नक्कली आईडी वनाएर विरोधी राष्ट्रको वदनाम

चीन सुचनाका मामलामा अन्य देशको तुलनामा अनुदार छ। आफना कमजोरी लुकाउन चिनले जस्तो सुकै उपाय अपनाउने गरेको छ। यसैगरी, भारत, अमेरिका लगायतका देश विरुद्ध सुराकी गर्ने, विरोधीलाई वदनाम गर्ने लगायतका काममा पनि चिनको सकृयता वढेको पाईन्छ।

यसैक्रममा चिनले सामाजिक सञ्जाल मार्फत पनि विरोधी देशको वदनाम गर्ने र आफनो देशको वढाई चढाई तथा आफनो पक्षमा माहौल वनाउन सुरु गरेको पाईएको छ। जसका लागि सामाजिक सञ्जालमा नक्कली एकाउण्ट वनाएर सञ्चाल नै तयार गरिएका रिपोर्टहरु सार्वजनिक हुन थालेका छन् ।

बीबीसी नेपाललीले सेन्टर फर इन्फरमेशन रिजिलीअन्स (सीआईआर) नामक संस्थासँगको समम्वयनमा सार्वजनिक गरेको समाचारमा ३५० वटाभन्दा बढी नक्कली खाताको एउटा ठूलो नेटवर्क चीनले तयार गरेको पाईएको छ। चीनको बखान गर्न र चिनियाँ सरकारका विरोधीलाई बदनाम गर्न त्यो सञ्जाल प्रयोग भईरहेको छ ।

प्रतिवेदनले ती नक्कली सामाजिक सञ्जाल प्रोफाइलहरूको उद्देश्य पश्चिमा विश्वको विश्वसनीयता खस्काउनु र बाहिरी विश्वमा चीनको प्रभाव तथा छवि बढाउनु भएको जनाएको छ।

ट्विटर, फेसबुक, इन्स्टाग्राम र युट्युबलगायतमा बनाइएका त्यस्ता केही खाताहरूमा आर्टिफिसियल इन्टलिजेन्स (एआई) द्वारा बनाइएका प्रोफाइल तस्बिरहरू राखिएका छन्। यी खाताहरु चिनियाँ सरकारसँग जोडिएको आरोप लागेको छ, तर प्रमाणित हुने कुनै ठोस आधारहरू छैनन्।

ती सञ्जालहरूले चिनियाँ प्रतिनिधि र राज्यद्वारा सञ्चालित मिडियाकै जस्तो चीन समर्थक भाष्यलाई अघि बढाएको देखिन्छ।

ती सामाजिक सञ्जालका नक्कली खाताहरूले चीनका आलोचक निर्वासित चिनियाँ अर्बपति गो वेनगुईसहित अन्यलाई बदनाम गर्न भड्किला कार्टुनहरूलाई फैलाएको पाइएको छ। त्यस्तै अन्य विवादास्पद व्यक्तिहरूलाई पनि त्यस्ता कार्टुनहरूमा सामेल गरिएको छ।

त्यस्ता व्यक्तिहरूमा सूचना चुहाइदिने भनिएका वैज्ञानिक लि–मेङ याङ् र डोनल्ड ट्रम्पका भूतपूर्व राजनीतिक रणनीतिकार स्टीभ बानन्लगायत छन्।

चीन सामाजिक सञ्जाल नक्कली एकाउण्ट

विशेष