द्वारिकलालले फेरी अंग्रेजीमा थर्काए रवीलाई, डिबेट गर्न इटहरी आउन निम्तो (भिडियो)
खरो रुपमा विचार अभिव्यक्त गर्ने भएकाले सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी बारम्बार चर्चामा आइरहन्छन् । दुईवर्षअघि मात्रै उनले घुस लिएको भन्दै नगरपालिकाका केही ईन्जिनियर र कर्मचारीलाई कार्यालयबाट कठालो समाएर बाहिर निकाले। यो घट्नाले चौधरीलाई एकाएक चर्चामा ल्यायो ।
सोहि घट्नाको रिपोर्टिङ्गका क्रममा इटहरीका पत्रकार विराट अनुपमलाई उनले फोनमै थर्काए। ‘तेरो नाकको डाँडी भाँच्न १ करोड छुटयाएको छु’ भन्दै थर्काएरको फोनबार्ता सार्बजनिक भएपछि मेयर चौधरीको चर्चा उत्कर्षमा पुग्यो ।
नेकपाका नेता योगेश भट्टराई र शंकर पोख्रेलले सामाजिक सञ्जालमा मेयर चौधरीको अभिब्यक्ति गलत भएको भन्दे आत्मालोचना गर्न सुझाब दिए । तर, उनले आफुलाई कसैले केहि गर्न नसक्ने भन्दै प्रधानमन्त्री एवम पार्टीका अध्यक्ष केपी शर्मा ओली समेतलाई ठाडो चुनौती दिए ।
सामाजिक सञ्जालमा बिभिन्न ट्रोल र नाक बिगारिएका तस्बिरहरु भाईरल भए । धेरै ब्यक्तिले मेयर चौधरीले सही गरेको भन्दै उनको पक्षमा गोली थाप्न समेत तयार भएको अभिब्यक्ति दिए। यस्ता अभिब्यक्तिसहितका भिडियो सामाजिक सञ्चालनमा सार्बजनिक भए भने धेरैले चाँहि मेयरको भ्रष्टाचार र पितपत्रकारिता बिरुद्धको अभियान सकारात्मक भएपनि प्रस्तुति गलत भएको बताएका छन ।
सञ्चारकर्मी रबी लामिछाने मेयरलाई ‘नाकको डाँडी भाँच्न पाईन्छ’ भनेर प्रश्न सोध्दा चौधरीले उल्टै रविलाई समेत थर्काए । आफुलाई नियम कानुन नसिकाउनु भन्दै हप्काए । ‘सिएफएल काण्डमा भ्रष्टाचार गर्यो’ भन्ने तपाई पनि होईन ? मैले उल्टै क्लिन चिट पाएँ त, म पितपत्रकारिता गर्नेलाई छोडदिँन, जुत्ताको माला लगाएर बजार घुमाँउछु भन्दै थर्कापछि रवी लामिछानेको होस् उडेको थियो त्यतिबेला । उनी हायल–कायल भए।
मेयर चौधरी केहिदिन अघि नेपाल आजसँगको संवादको क्रममा पनि रवी लामिछाने माथि खनिए। ‘लामिछानेले सेवाको भावमा मेवा टिपेको टिपै छन्’ भनेर भनेका छन् । ‘म रवी लामिछानेलाई राम्रोसँग चिन्छु । रवि लामिछाने को हो र के गर्दै छ । गलत कामको भण्डाफोर पत्रिकाले मात्रै गर्दैन, राजनितिज्ञले पनि गर्छ । रवीको धन्दाको म भण्डारफोर गर्न तयार छु । टिभिबाट बोलेर हुँदैन लामिछानेलाई डिबेट गर्न इटहरीमा निम्तो दिन चाहान्छु ।’– उनले लामिछानेलाई ललकारे।