News राजनीति

केपी ओली र इश्वर पोखरेलविच पानी वारावार, विभाग गठनमा असन्तुष्टि

केपी ओली र इश्वर पोखरेलविच पानी वारावार, विभाग गठनमा असन्तुष्टि

वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिका कारण विभाजनको डिलमा पुगेको नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली समूहभित्रै पनि चर्को असन्तुष्टि देखिन थालेको छ । एमालेले गठन गरेको पार्टीका नौ केन्द्रीय विभागमा अध्यक्षलाई लिएर ओली समुहमा असन्तुष्टि वढेको हो ।

विभाग गठन र नियुक्तिमा समानुपातिक, समावेशी र योगदानका आधारमा नगरिएको भन्दै नेताहरुले असन्तुष्टि जनाएका छन् । अध्यक्ष ओलीले एक्लौटी रुपमा विभागका सदस्यहरु नियुक्त गरेको र आफ्नै पक्षका नेतालाई स्थान दिएको भन्दै नेताहरुले गुनासो गर्न थालेका छन् ।

ओलीले विभाग गठनमा पनि आफन्त र जिल्लाबासीलाई छोड्न नसकेको गुनासो छ । गठन गरिएका नौ विभागमध्ये ३ वटा विभाग प्रमुखमा ओलीसहित तीनजना झापालीको नेतृत्व छ। पार्टी स्कुल विभाग प्रमुखः केपी शर्मा ओली, सङ्गठन विभाग प्रमुखः विष्णुप्रसाद पौडेल, प्रचार विभाग प्रमुख प्रदीप ज्ञवाली, संसदीय विभाग प्रमुख सुवास नेम्वाङ, आर्थिक विभाग प्रमुख विष्णु रिमाल, पर्यटन प्रवद्र्धन विभाग प्रमुख भानुभक्त ढकाल, विदेश विभाग प्रमुख डा राजन भट्टराई, स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहाल र निर्वाचन विभाग प्रमुख अग्नि खरेल छन् ।

जस मध्ये स्थानीय तह विभाग प्रमुख भएका देवेन्द्र दाहाल ओलीलाई झापामा चुनाव जिताउन खटिएका थिए । निर्वाचन विभाग प्रमुख खरेल पनि झाको गौरादह निवासी हुन ।

विभाग गठनमा सवैभन्दा वढि असन्तुष्टि महासचिव इश्वर पोखरेल समूहमा देखिएको छ। नेता नेपालसँगको विवादमा ओलीको खुलेर सपोर्ट गरेका पोखरेललाई ओलीले विभाग गठनमा बाइपास गरेका छन् । आफनो पुरै समूहलाई नै ओलीले बाइपास गरेर जाने रणनीति वनाएको उनले महसुस गरेको नेताहरु वताउँछन् ।

महासचिवको जिम्मा संगठन विभाग हुने प्रचलन रहे पनि ओलीले आफू निकट विष्णु पौडेललाई त्यसको जिम्मा दिएका छन् । त्यसो त ओलीले महासचिवका सम्पुर्ण काम र जिम्मा पौडेल मार्फत नै गराउँदै आएका छन् । यो सवै नजिकवाट नियालीरहेका पोखरेल आफनो पत्तासाफ गर्न ओलीले सुरु गरेको वुझाईमा छन् ।

यति माात्र होईन, केपी ओली नेतृत्वको सरकारमा प्रधानमन्त्रीपछिको मर्यादाक्रममा रहेका पोखरेललाई रक्षा मन्त्रालयवाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सारियो । वरु विष्णु पौडेललाई भने ओलीले अर्थ मन्त्रालयको जिम्मेवारी दिएर अगाडि वढाए । 

पछिल्लो समय रामबहादुर थापा ‘बादल’लाई राष्ट्रियसभा निर्वाचनमा पराजित गराएर महासचिव पोखरेल गृहमन्त्री बन्ने दौडमा थिए । तर, उनले गृहमन्त्री पाएनन् । यसको रिस उनले नेता सुवास नेम्वाङसँग पोखे ।

यो घटनाले इस्वर पोखरेल र सुवास नेम्वाङविचको टकराव थप उत्कर्षमा पुगेको छ । नेम्वाङकै कारण आफुले उपप्रधानमन्त्री समेत गुमाउनु परेको इश्वरको वुझाई छ । प्रधानमन्त्रीपछिको दोस्रो बरियतामा रक्षा मन्त्रालयसहित सिंहदरबार प्रवेश गरेका ईश्वर पोखरेल अन्ततः भुमिका विहिन हुँदै वाहिरिनु पर्यो । उनको आफनो गतल कृयाकलापका कारण रक्षा मन्त्रालयवाट हट्नु पर्यो । उनी भुमिका विहिन वनाएर प्रधामन्त्री कार्यालयमा थन्क्याईए । पछि उनलाई सीसीएमसीको संयोजक वनाईयो । तर, त्यहाँ पनि विवादित भएपछि उनलाई भुमिका विहिन वनाईयो । त्यसपछि उनको गृहमन्त्री बन्ने दाउ थियो । तर, मन्त्री परिषदबाटै हटाइए पछि यि सम्पुर्ण घट्नाक्रममा नेम्वाङ्गले खेल खेलेपछि उनको वुझाई छ ।

पोखरेल र नेम्वाङका विचको टकराव यो मात्रै पहिलो होईन। उनीहरुका विचमा लामो समयदेखि खिचातानी चल्दै आएको छ। ईश्वर पोखरेल आठौं र नवौं महाधिवेशनमा दुइपटकका महाचिव भएका हुन् । यसैगरी, सुवास नेम्वाङ दलका उपनेता समेत हुन् । संविधानसभाका पूर्व अध्यक्ष समेत रहेका नेम्वाङ कुटनीतिमा माहिर मानिन्छन् । एमालेमा अहिले दुवै जना ओलीको उत्तराधिकारीको लाईनमा छन् ।

दुवै नेता एक अर्कालाई सिद्याउने र आफु अघि वढ्ने हिसावले अघि वढिरहेको प्रष्ट देख्न सकिन्छ। इश्वर पोखरेललाई पार्टीमा आफु नेम्वाङ भन्दा पुरानो नेता भएको घमण्ड छ। उनको ब्यवहारवाट पनि त्यो कुरा झल्किन्छ। उनी आफुलाई ओलीको समकक्षी र उनकै हाराहारीको नेताका रुपमा दाँज्छन् । पार्टी सुत्रका अनुसार नेम्वाङ पक्षले पोखरेललाई पार्टी एकता भाँडेको आरोप लगाउने गरेका छन्।

केपी शर्मा ओली विष्णु पौडेल इश्वर पोखरेल विभाग गठन

विशेष