News

अमेरिकी एनआरएनएको ब्यथिती विरूद्ध कृष्ण लामिछानेको अध्यक्षलाई पत्र !

अमेरिकी एनआरएनएको ब्यथिती विरूद्ध कृष्ण लामिछानेको अध्यक्षलाई पत्र !

श्री अध्यक्ष ज्यू,
गैरआवासीय नेपाली संघ ,अन्तराष्ट्रिय सम्मन्वयन परिषद ।

संघको अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि सम्वन्धि नियमावली २०२१ को दफा ६.२ (ख) अनुसार हालसम्म पनि एनआरएनए अमेरिकाको राष्ट्रिय समन्वयन समितिले २५ प्रतिशत प्रतिनिधिहरुको प्रत्यक्ष निर्वाचन गरी छनोट गर्नु पर्नेमा आजका मिति सम्म निर्बाचन प्रकृया सुरु समेत नभएको वस्तुस्थिति अवगत गराउन चाहन्छु ।

कार्यसमितीले कुनै पनि निर्वाचन सम्बन्धी सूचना जारी समेत नगरेकोले निर्वाचन गराउने कुरामा उहाँहरुको भूमिका सकारात्मक देखिएको छैन । पुरानै छनौट प्रक्रियाबाट प्रतिनिधि पठाउन यो कार्य समिति उद्दत देखिन्छ । यो कार्यले हाम्रो विधानलाई अपमान मात्र गर्दैन कि हामी सम्पूर्ण एनआएएनए हरुलाई लज्जावोध गराउँने छ।

त्यसैले विधान वमोजिम यथाशीघ्र निर्वाचन गराई सम्पूर्ण सदस्यको अन्तराष्ट्रिय महाधिवशेनमा प्रतिनिधि बन्न पाऊने वैधानिक हकको सुरक्षा गर्दै राष्ट्रिय समन्वय परिषद् अमेरिकाको सम्पूर्ण सदस्यहरूको अधिकार कुण्ठित गर्ने अधिकार कसैमा नभएकोले यथाशीघ्र निर्वाचन गराउन जोडदार माग गर्दछौ। विधान विपरीत हुने कुनै पनि सहमति र अबैधानिक कार्य  सबैका लागि मान्य हुनेछैन ।

त्यसका लागि आईसिसीको तर्फबाट निर्देशन, प्रभावकारी हस्तक्षेप यथासिघ्र हुन जरुरी देखिएको छ । अन्यथा एनआरएनए प्रति विदेशमा बस्ने हामी सबैको विश्वास टुट्ने अवस्था रहेकोले तहाँबाट यथासिघ्र पहलका लागि हार्दिक अनुरोध गर्दछु ।

कृष्ण प्रसाद लामिछाने
ड्यालस, टेक्सस (अमेरिका)

गैरआवासीय नेपाली संघ एनआरएनए कृष्ण लामिछाने

विशेष