News

सांसद अपहरणको छानविन र कारवाही गर्न सांसद गगन थापाको माग

सांसद अपहरणको छानविन र कारवाही गर्न सांसद गगन थापाको माग

नेपाली कांग्रेसका युवा नेता गगन थापाले लुम्विनी प्रदेशमा भएको अवहरण र वन्धक प्रकरणको अनुसन्धान गर्न प्रधानमन्त्री केपी शर्मा शेरवहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

सत्ता परिवर्तनको निर्णायक घडीमा गुट बदलेर चर्चामा आइरहेकी लुम्बिनी प्रदेशसभाकी सांसद विमला वलीको विषयमा उनले देउवाको ध्यानाकर्षण गराएका हुन्। ट्वीटर मार्फत आफनो धारणा सार्वजनिक गरेको थापाले ‘आफूलाई बन्धक बनाएको, जबरजस्ती हस्ताक्षर गर्न लगाएको, मानसिक यातना दिएको’ लगायतका गम्भीर अभियोग राजनीतिक मुद्दा मात्रै नभएर अपराधिक कार्य भएकाले तत्काल अनुसन्धान गरी संलग्नलाई दण्डित गर्न माँग गरेका छन् ।

उनले लेखेका छन्–‘लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्रीले ‘आफूलाई बन्धक बनाएको, जबरजस्ती हस्ताक्षर गर्न लगाएको, मानसिक यातना दिएको’ लगायतका गम्भीर अभियोग लगाइसकेपछि यो राजनीतिक मुद्दा मात्रै बन्न सक्दैन। प्रधानमन्त्री ज्यू, यस्तो अपराधिक कार्यको तत्काल अनुसन्धान गरी संलग्नलाई दण्डित गरियोस्।’

सांसद वली एमालेवाट पुनः माओवादीमै फर्किएकी छन् । माओवादी केन्द्रको लुम्बिनी प्रदेशसभा संसदीय दल कार्यालयमा सार्वजनिक भएकी वलीले एमाले नेताहरुले आफूलाई बन्धक बनाएर अनैतिक दबाब दिएको आरोपसमेत लगाइन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकाल र नेता मानबहादुर रावलले ‘अपहरण’ गरेको दाबी गरेकी उनले मुख्यमन्त्री शंकर पोखरेलको निर्देशनमा उनीहरुले घरमै आएर एमालेमा फर्किन दबाब दिएको र गाडीमा हालेर बुटवल पुर्याइएको वताएकी छिन् । 

मन्त्रीको प्रलोभन देखाएर एमाले नेताहरुले मुख्यमन्त्री कार्यालयमा तीन दिनसम्म आफुलाई बन्धक बनाएर राखेको उनको आरोप छ ।

यो पनि

‘भाउजु सांसद’को आरोप– एमाले नेताले अपहरण गरेर तीन दिन वन्धक वनाए

मुख्यमन्त्रीमाथि सांसद वन्धक वनाएको आरोप, धुरु–धुरु रोईन ‘भाउजु सांसद’

शंकर पोखरेल गगन थापा लुम्बिनी प्रदेश भाउजु सांसद विमला खत्री वली

विशेष