News

पत्याउनुहुन्छ ? : उदयपुरमा सुगुरको मुर्तिको मुल्य ६० लाख

पत्याउनुहुन्छ ? : उदयपुरमा सुगुरको मुर्तिको मुल्य ६० लाख

विकासका नाममा देशभरी मुर्ति र शालिक वनाउने क्रम वढेको छ। कतिपय स्थानीय तहले ठाउँको पहिचान झल्कने प्रकारका शालिक र मुर्तीहरु वनाउने क्रममा वढेको छ ।

यसैक्रममा उदयपुरको बेलका नगरपालिकाले ६० लाख खर्च गरेर १२ फिट अग्लो र १६ फिट लामो सुँगुरको मुर्ति वनाएको छ ।

बेलका नगरपालिका–७ मैनामैनी स्थित मुल गाउँमा नगरपालिकाले आफनै खर्चमा सुँगुरको मुर्ति वनाएको हो । 

यो मूर्ति दशैंभित्र उद्घाटन गरिसक्ने मेयर दुर्गाकुमार थापा (स्वस्तिक) ले वताए । राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले डिजाईन गरेको सुंगुरको मूर्तिको धनु याख्खाले वनाएका हुन । यसैगरी सोहि ठाउँमा पार्क पनि वनाउने योजना छ। पार्कका लागि थप २० लाख बजेट छुट्याइएको थापाले वताए ।

मैनामैनीलाई पर्यटकीय हिसाबले मुलुकमै चिनाउने उदेश्यले यस ठाउँबाट बराह (बँदेल) हाम फालेर बराह क्षेत्रमा पसेको भन्ने किम्बदन्ती अनुसार सुगुरको मुर्ति वनाईएको मेयर थापाको भनाई छ।

बेलका नगरपालिका सुँगुरको मुर्ति

विशेष