News

माधव समुहको निस्कर्षः पार्टी एकता प्राय असम्भव

माधव समुहको निस्कर्षः पार्टी एकता प्राय असम्भव

नेकपा एमालेको माधव नेपाल समूहका केन्द्रीय सदस्यहरूले टेक्ने ठाउँ नभई पार्टी एकता नहुने र अहिलेको अवस्थामा टेक्ने ठाउँ नै नभएकोले एकताको सम्भावना प्राय असम्भव रहेको वताएका छन् ।

शुक्रबारको बैठकमा वोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले केपी ओली एकताको पक्षमा नरहेको र झुट मात्र बोलिरहेको वताए । ‘पार्टी एकताका लागि खुट्टा टेक्ने ठाउँ पायौँ, समानताको आधारमा पार्टीमा गयौँ भने हामी ओलीलाई नियन्त्रण गर्न र पार्टीलाई असल कम्युनिस्ट पार्टी बनाउन सक्छौँ’ नेता जगन्नाथ खतिवडाले भने– ‘तर टेक्ने ठाउँ नदिई हामीलाई तल पारेर ल्याउने ओलीको इरादा प्रति हामी सतर्क छौँ ।’

केपी ओलीले झुटो बोलिरहेको र उनी उनी एकताको पक्षमा नरेकाले भ्रममा नपर्न उनले नेतृत्वलाई सचेत गराए । खास गरी तीन वटा विषयमा नेताहरुले जोड दिएका छन् । केपी ओलीसँग एकता हुन प्रायः असम्भव छ, एकता भए आफ्नो पक्षले पनि जितेको देखिने गरी सम्मानजनक र सह अस्तित्वका आधारमा हुनुपर्ने र कार्यदलले गरेको तयारी अपुरा छ भन्ने विषयमा प्राय केन्द्रिय सदस्यहरु एक मत छन् ।

कार्यदलको १० बुँदे सहमतिले आफूहरूको आकाङ्क्षा र एकतालाई विकसित नगर्ने उनीहरुको धारणा छ। १० बुँदा भित्र एमालेको सम्पूर्ण जीवन नअटाएको नेता खतिवडाको दावी छ। 

कार्यदलका सदस्यहरूले आगामी २४ गतेसम्म केही प्रगति हुने बताएको भन्दै उनले त्यसलाई पर्खने पनि उनले जानकारी दिए ।
 

माधवकुमार नेपाल जगन्नाथ खतिवडा

विशेष