News

मुख्यमन्त्रीका आफ्ना मान्छे यौन दुर्ब्यवहारको आरोपमा पक्राउ

मुख्यमन्त्रीका आफ्ना मान्छे यौन दुर्ब्यवहारको आरोपमा पक्राउ

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलका भित्रीया मध्येका एक जनालाई यौन यौन दुर्ब्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालका सञ्चालक समिति सदस्य हिरा वाइबालाई प्रहरीले पक्राउ गरेको हो । उनले सोहि अस्पतालमा कार्यरत एक महिला चिकित्सकमाथि यौन दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मुख्यमन्त्री डोरमणि पौडेलले वाइवालाई केही महिनाअघि मात्रै अस्पताल सञ्चालक समिति सदस्यमा नियुक्त गरेका थिए ।

पीडित चिकित्सकको उजुरीका आधारमा वाईवालाई आज प्रहरीले पक्राउ गरेको हो । भीमफेदी गाउँपालिकाको त्रिखण्डीमा प्रतिष्ठानले १६ साउनमा वनभोज कार्यक्रमको आयोजना गरेको थियो । सोहि वनभोजमा वाईवाले चिकित्सक माथि दुब्र्यवहार गरेका थिए । अत्यधिक मदिरा सेवन गरी आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै ती महिला चिकित्सकले प्रहरीमा रिपोर्ट गरेकी थिइन् । 

पीडित चिकित्सकहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मकवानपुर, जिल्ला प्रहरी कार्यालय र प्रतिष्ठान उपकुलपतिको कार्यालयमा पनि उजुरी दिएका छन् ।

उजुरी दिएको करिब एक सातापछि वाइवा पक्राउ परेका हुन् । मकवानपुरका सिडिओ भरतमणि पाण्डेले वाइवा पक्राउ परेको जानकारी दिए । उनले वाइवामाथि अनुसन्धान हुने र दोषी भए कारवाही हुने बताए ।

बागमती प्रदेश डोरमणी पौडेल यौन दुर्ब्यवहार

विशेष