कक्षा १२ को परिक्षा स्थगन गर्ने अन्तिम तयारी

कोरोना संक्रमण बढ्दै गएपपछि सरकारले कक्षा १२ को परीक्षा स्थगन गर्ने तयारी गरेको छ। परिक्षा स्थगनका लागि स्वास्थ्य मन्त्रालयले सम्वन्धित क्षेत्रमा सिफारिस समेत गरेको छ ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले शुक्रबार यथास्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने जानकारी दिएका छन्। उनले परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरेको जानकारी दिए।
कोरोना संक्रमण फैलिँदै गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति आफुहरु अत्यन्त संवेदनशील भएको भन्दै उनले निकट भविष्यमा हुन लागेका सवै परिक्षा स्थगन गर्न सिफारिस गरिएको जनाएका छन् ।
ट्वीटरमा उनले लेखेका छन्–‘कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु।’
http://
कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु।
— Umesh Shrestha (@MohpStateMin) August 6, 2021
उमेश श्रेष्ठ सीसीएमसी कक्षा १२ को परीक्षा