News

प्रेम सञ्जेलको अर्को उदाहरणिय काम, धुर्मुसले गरे प्रशंसा

प्रेम सञ्जेलको अर्को उदाहरणिय काम, धुर्मुसले गरे प्रशंसा

भ्रष्टाचारविरुद्ध खह्रो अभिब्यक्ति दिने र निडन ब्यक्तित्व प्रेम सञ्जेलले अर्को उत्साहजनक काम गरेका छन् । लामो समय सरकारी सेवामा रहेर अवकाश पाएका उनले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि एक लाख रुपैयाँ सहयोग गरेर आफनो आदर्शको परिचय थप पुष्टि गरेका छन् ।

उपसचिव वाट अवकास भएका सञ्जेलले आफूलाई भ्रष्टाचार विरोधी कर्मचारीका रुपमा परिचित गराए। उनले भ्रष्टाचार लिने र दिदै दुवै गलत भएको भन्दै त्यस्तालाई कठालो समाएर निकाल्ने चेतावनी दिने गरेका थिए । 

करिब ४ दशक सरकारी सेवा गरेका उनले विराटनगर स्थित ‘प्रेमप्रसाद सञ्जेल र डा. विनिता सञ्जेल फाउण्डेशन’ मार्फत क्रिकेट रंगशाला बनाउन एक लाख एक रुपैयाँ सहयोग गरेका हुन ।

‘तपाईंले किनेको चिया मेरो लागि, तपाईंको रगत खाए बराबर हो, अतः मलाई चिया  खान जाऊँ भनी अफ्ठ्यारोमा नपार्नुहोस’ जस्ता भ्रष्टाचार विरोधी नाराहरु चर्चामा ल्याएका उनले सरकारी सेवामा रहँदा सधैं भरी इमान्दारिदाको शिक्षा दिए ।

कोरोना संक्रमणको संकट बढेपछि उक्त रंगशाला निर्माण पूरा गर्न चुनौती भएको छ। सोहि संकट समाधानका लागि सहयोग गर्ने उदेश्यले सञ्जेले रकम हस्तान्तरण गरेका हुन । रंगशाला निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले सञ्जेलको प्रशंसा गरेका छन्।

प्रेम सञ्जेल सीताराम कट्टेल

विशेष