News विदेश

डीआरडीओले जम्मु र श्रीनगरमा बनाए दुई कोरोना अस्पताल 

डीआरडीओले जम्मु र श्रीनगरमा बनाए दुई कोरोना अस्पताल 

नयाँ दिल्ली । डिफेन्स रिसर्च एन्ड डेभेप्लपमेन्ट अर्गनाइजेसन (डीआरडीओ) ले भारतको जम्मु काश्मीर र श्रीनगरमा दुई वटा कारोना अस्पतालहरु बनाइएका छन् । भारतको जम्मु काश्मीरका स्थानीयहरुलाई सहजता होस् भन्नका लागि उक्त अस्पतालहरु बनाइएको बताइएको छ । 

र्गहसचिव अजय बहलाले अप्रिलमा दुई वटा पाँच सय शय्याका अस्पतालहरु निमार्ण गर्ने बताएका थिए । जम्मु काश्मीर प्रशासनलाई तत्काल अस्पताल निमार्णका लागि जग्गा खोजेर उक्त अस्पतालहरु निमार्ण गर्न निर्देशन दिएका हुन् । 

कोरोना महामरीको समयमा अन्य गैरकोभिड अस्पतालहरुमा मानिसहरुको भिड बढेपछि कोरोना संक्रमितको उपचारका लागि कोरोना विशेष अस्पताल निमार्ण गरिन लागिएको हो । जम्मु काश्मीमार देशभरकै सबैभन्दा बढी जनसंख्यालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । 

हालसम्म ७६ प्रतिशत खोप लगाउन योग्य जनसंख्यालाई खोप लगाइ सकिएको जनाइएको छ । जम्मु काश्मीरमा धारा ३७० खारेज भएपछि नै शान्ति स्थापना हुनुका साथै विकास निमार्णले पनि गति लिएको छ । 

 

विशेष