पूर्वमन्त्री योगेश भट्टराईलाई मातृ शोक
नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री योगेश भट्टराईलाई मातृ शोक परेको छ ।
भट्टराईकी आमा महेन्द्रादेवीको शनिबार ९५ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
काठमाडौंमै निधन भएकी भट्टराईको अन्तिम संस्कार आइतबार बिहान पशुपति आर्यघाटमा गरिने जनाईएको छ ।