News

कोरोनाको तेस्रो लहर छिट्टै हुने लक्षण देखियो, सजग रहौंः प्रधानमन्त्री

कोरोनाको तेस्रो लहर छिट्टै हुने लक्षण देखियो, सजग रहौंः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस माहामारीको तेस्रो लहर छिट्टै हुने लक्षण देखिएको भन्दै यसप्रति सबै सजग र सचेत हुनुपर्ने बताएका छन् ।

उनले भीडभाड हुने कार्यक्रम नगर्न र स्वास्थ्य सुरक्षा मापदण्ड लागू गर्न सम्पूर्ण राजनीतिक दल, गैरसरकारी संस्था, निजी क्षेत्रलाई आग्रह गरे। 

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले मास्क र खोप अभियानलाई वडावडामा स्वयंसेवक राखेर सफल पार्नुपर्छ भन्दै कोभिड–१९ महामारीले स्वास्थ्य सेवासँगै आर्थिक क्रियाकलापमा पनि गम्भीर असर पु¥याएको हुँदा सङ्क्रमण नियन्त्रण गर्नका लागि खोप र जनस्वास्थ्यको मापदण्ड पालना गर्न सबैमा आग्रह गर्नुभयो । 

उनले निषेधाज्ञा खुकुलो भएसँगै मानिसको भीड बढेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना नहुँदा सङ्क्रमण बढेर अस्पतालमा पनि बिरामी भर्ना हुने दर बढेको उल्लेख गरे।

स्वास्थ्य सचिव डा रोशन पोखरेले मास्क लगाए पनि कतिपयले बोल्दा मास्क फुकाल्ने, चिउडोमा लगाउने, सही तरिकाले मास्क नलगाउने जस्तो देखिएकाले अभियान सञ्चालन गर्नुपरेको बताए।

शेरबहादुर देउवा

विशेष