News

उपाध्यक्षका ससुराको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा

उपाध्यक्षका ससुराको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा

तेह्रथुमको मेन्छयायेम गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुराको मृत्यु भएपछि पालिका सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाले शुक्रबार सूचना जारी गरेरै सार्वजनिक विदा दिएको हो । गाउँपालिकाले, सबै वडा कार्यालय, गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था एवम् गाउँपालिका मातहतका कार्यालयहरू सबै बन्द रहने बताएको छ । तर, स्वास्थ्य संस्थाहरु भने खुल्ला रहने बताइएको छ ।

गीतादेवीका ससुरा कृष्णप्रसाद गौतमको बिहीबार राति ११ बजे निधन भएको थियो ।

विशेष