News राजनीति

‘पार्टी एकताका लागि १० बुँदे भन्दा अन्य शर्त स्वीकार्य हुँदैन’

‘पार्टी एकताका लागि १० बुँदे भन्दा अन्य शर्त स्वीकार्य हुँदैन’

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले संगठनात्मक गतिविधिहरु र पार्टीका विधान तथा स्थानीय तहका अधिवेशनहरुको काम रोक्न गरेको प्रश्ताव अस्विकार भएको छ ।

अध्यक्ष केपी शर्मा ओली र नेता नेपालको टकरावका कारण फुटको डिलमा पुगेको पार्टी एकतामा पुर्याउने भईरहेका प्रयासकै विचमा यस्तो परिस्थिती उत्पन्न भएको हो ।

नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकले अधिवेशन, सदस्यता नवीकरण लगायतका संगठनात्मक गतिविधिहरु रोक्न आग्रह गरेलगत्तै पार्टीको तर्फबाट एमाले केन्द्रीय कार्यालय सचिव तथा वागमती प्रदेशका सहइन्चार्ज शेरबहादुर तामाङले पार्टी निस्क्रिय भएर बस्न नसक्ने वताए । संगठनात्मक क्रियाकलाप र सदस्यता नवीकरण जस्ता कुरा नरोकिने उनको भनाई छ।

‘एमाले जस्तो पार्टी निष्क्रिय रहन सक्दैन, पार्टीका सबै कमिटी र गतिविधिहरु निरन्तर क्रियाशील हुन्छन्’ उनले भने–‘उहाँहरु जुन दिन पार्टीमा फर्किनुहन्छ त्यहीं दिनबाट पूर्ववत जिम्मेवारी पाउनु हुन्छ ।’

१० बुँदे सहमति नै पार्टी एकताको आधार भएको कुरा माधव नेपालले पनि स्विकार गरिसकेकाले अब एकताका लागि अन्य शर्त स्वीकार्य नहुने उनले बताए । पार्टीले १० बुँदे सहमति अनुमोदन गरिसकेकाले नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हैसियतमा सबैले काम गर्नुपर्ने बताए ।

‘१० बुँदे सहमति उहाँहरुले पनि अनुमोदन गर्नुभएछ । अब पार्टीमा फर्केर नवौं राष्ट्रिय महाधिवेशनबाट जो जुन पदमा निर्वाचित भएको हो त्यहीं जिम्मेवारीमा फर्किन कसैले रोकेको छैन’ उनले भने–‘नवौं महाधिवेशनबाट झलनाथ खनाल वरिष्ठ नेता हो, माधव नेपाल पार्टी नेता। स्थायी कमिटी सदस्यका रुपमा उहाँ क्रियाशील हुनुपर्छ ।’

एमालेले भदौ २७ र २८ गते विधान महाधिवेशन आयोजना गरेको छ । विधान महाधिवेशनले पार्टीको विधानमा संशोधन र परिमार्जन गर्नेछ । त्यसका लागि शुक्रबार प्रस्तावमाथि अनौपचारिक छलफल भएको थियो ।

माधवकुमार नेपाल केपी शर्मा ओली

विशेष