एसईई नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
राष्ट्रिय परीक्षा बोर्डले शनिवार एसईईको नतिजा सार्वजनिक गरेको छ । शनिबारै वसेको बोर्डको बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो ।
आन्तरिक मूल्यांकन गरेर विद्यालयले पठाएको प्राप्तांकका आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको हो । विद्यालयले पठाएको अंकलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो ।
५ लाख १७ हजार विद्यार्थीले एसईई दिएका थिए ।
एसईईको नतिजा www.see.gov.np, www.neb.gov.np का साइटलगायतबाट हेर्न सकिनेछ ।