News

कक्षा १२ को परिक्षा स्थगित

कक्षा १२ को परिक्षा स्थगित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षा स्थगित गरेको छ । आज बसेको बोर्ड बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो कोरोना महामारीको जोखिम बढेको भन्दै सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।
कक्षा १२ को परिक्षा साउन ३१ गतेदेखि हुने गरी निर्धारण गरिएको थियो ।

बोर्डले परिस्थिति अनुकूल भएपछि पुनः परीक्षा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । साथै बोर्डले पुनः हुने परीक्षा बारे १५ दिन अघि जानकारी दिने बताएको छ ।

विशेष