दुःख पाईस मंगले आफ्नै ढंगलेः दुई तिहाईवाट वहुमत हुँदै हाता लाग्यो सुन्य
सामान्यतया बहुमतप्राप्त सरकार ढल्ने केही स्वाभाविक प्रक्रिया हुन्छन्, जस्तो कि सेनाले ‘कू’ गर्नु, प्रधानमन्त्री स्वयंले राजीनामा दिनु वा पदबाट आफैँ हट्नु !
तर, दुनियाँमा छँदाखाँदाको दुई तिहाईको प्रधानमन्त्री त्यहाँबाट झर्दैझर्दै अल्पमतमा पुग्ने र सत्ताबाट निस्किएर घर फर्किने घटना विरलै देखिन्छन् । अरु कसैले गिराएर हैन, आफ्नै बोलीका कारण व्यक्तिको लोकप्रियता घट्ने कुरा केपी शर्मा ओलीको हकमा लागु भएको छ । पार्टीभित्र उनको कार्यशैलीमाथि प्रश्न उठ्यो । जवाफमा उनले बोलीमात्र फर्काएनन्, व्यवहारले सबैलाई पेल्दै–ठेल्दै हिँडे। अनि, अरुलाई नेतृत्व हस्तान्तरण पनि गरेनन्।
सिंहदरबारमा उपस्थित नभई सबै काम बालुवाटारबाट भयो । सरकारीमात्रै होइन, पार्टीदेखि घरायसी कामसम्म त्यहीँबाट चल्यो । पहिला–पहिला राजा–महाराजाहरु यसरी नै दरबारबाट बिरलै निस्कन्थे । यसबाट कमरेड ओलीमा कति दम्भ बढेको थियो भन्ने बुझिन्छ ।
अख्तियार, अदालत, प्रहरी, प्रशासन, संवैधानिक अंगहरु, सम्पत्ति र कर हेर्ने अड्डाजस्ता कतिपय तटस्थ राखिनुपर्ने राज्यका निकायहरु पनि आफ्नो मुठ्ठीमा भएको प्रचार र आत्मविश्वास राखे। अन्ततः त्यही आत्मविश्वासले उठ्न नसक्ने गरी बसाइदिएको छ ।
कतिसम्म भने, ४० वर्षदेखि कानुनी जीवनमै अभ्यस्त सुवाष नेम्वाङ पनि ओलीले ‘अदालत मिलाउनुहुन्छ’ भन्नेमा पुगे। प्रदेश १ को सरकार संकटमा पर्ने भएपछि गण्डकी र लुम्बिनीमा पनि समस्या होला भन्दै एउटा टोली भेट्न गएको थियो ।
तर, उनले आफ्नो निर्णय दिन सकेनन्। ‘बरु म केपीलाई भन्छु, उहाँले अदालत÷सदालत मिलाइहाल्नुहुन्छ नि !’ भनेर टारे।
जनआस्था