News

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिको अण्डकोष साच्चै विरालोले टोक्यो ?

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिको अण्डकोष साच्चै विरालोले टोक्यो ?

अण्डकोषमा विरालोले टोकेर मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिको मृत्यु भएको हल्ला फैलाउनेलाई प्रहरीले पक्राउ गर्ने भएको छ। भ्रामक समाचार फैलाउने ति ब्यक्तिलाइ कारबाहीका लागि प्रहरीले खोजी गरिरहेको छ।

विश्वविद्यालयको लेटरप्याड र छाप दुरुपयोग गरी उपकुलपतिको मृत्यु भएको समाचार फैलाएपछि प्रहरीले यस विषयमा तदारुक्ता देखाएको हो । 

विश्वविद्यालयको प्रशासन फाँटका अधिकृत दिनेश गौतमको नामवाट साउन २३ गते जारी भएको विज्ञप्तिमा विश्वविद्यालयका उपकुलपति डा. नन्दबहादुर सिंहको अण्डकोषमा बिरालोले टोकेका कारण मृत्यु भएको उल्लेख गरिएको छ। 

उनलाई उपचारका लागि प्रदेश अस्पताल लाने क्रममा वाटोमै मृत्यु भएको विज्ञप्तिमा जनाईएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयका उपकुलपति डा. नन्दबहादुर सिंहको अण्डकोषमा बिरालोले टोकेका कारण प्रदेश अस्पताल लग्ने क्रममा मृत्यु भएको छ । हामी सबै विश्वविद्यालय प्रशासन साह्रै चिन्तित छौं । उपकुलपतिको दाहसंस्कार उहाँको जन्मस्थल कालिकोटमै गरिने भएको छ । उहाँ पुनर्जीवित भएर भोलि यस विषयमा पत्रकार सम्मेलन गर्न पनि सक्नुहुनेछ । मेरो दाहसंस्कार जुमबाट गर भनेर ।’

जिवितै रहेका उपकुलपतिको निधन भयो भनिएको र त्यो पनि अण्डकोषजस्तो संवेदनशील अंग बिरालोले खाएको अनर्गल प्रचार गर्ने मान्छेको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । संलग्नलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न विश्वविद्यालयले माग गरेको छ ।

भ्रामक विज्ञप्ति

अण्डकोष मध्यपश्चिमाञ्चल विश्वविद्यालय नन्दबहादुर सिंह

विशेष