News

कक्षा १२ को परीक्षा स्थगन भएकोमा चिन्ता

कक्षा १२ को परीक्षा स्थगन भएकोमा चिन्ता

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले अर्काे कार्यतालिका तय गरेर मात्रै परीक्षा स्थगन गर्न माग गरेको छ ।

महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानद्वारा आज जारी विज्ञप्तिमा राष्ट्रिय परीक्षा बोर्डले शनिबार कक्षा १२ को परीक्षा एक्कासी स्थगनको सूचना सार्वजनिक गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै भरपर्दाे विकल्प, नयाँ तालिका र विधि नदिएकामा चिन्ता व्यक्त गरिएको छ ।

बोर्डले शैक्षिक सरोकारवालाको छलफलपछि परीक्षा केन्द्र÷कोठामा स्वास्थ्य सुरक्षा अपनाउने गरी हेल्थ डेस्क राख्ने, पिसीआर परीक्षण, मास्क र स्यानिटाइजरको व्यवस्था र परीक्षा हलमा २५ जना नबढाइ सो परीक्षा सञ्चालन गर्ने निर्देशिकासहित कार्यतालिका सार्वजनिक भएकामा एकाएक स्थगन गरिएको महासङ्घको भनाइ छ ।

बोर्डले कोरोनाको जोखिम बढेको तथा नेपाल सरकारको आग्रहका आधारमा परीक्षा स्थगन गरेको थियो । महासङ्घले परीक्षा स्थगन हुँदा विद्यार्थीको सिकाइमा दीर्घकालीन मनोवैज्ञानिक असर पर्न गएको, परीक्षाको गुणस्तर घटेको र विद्यार्थीमा निराशा पैदा हुने भएकाले अन्योल हटाउने गरी चाँडै नयाँ तालिका र विधि ल्याउन माग गरेको छ । रासस

विशेष