News

वामदेवले किन भने भुमिहिनलाई जग्गा दिन सकिँदैन ?

वामदेवले किन भने भुमिहिनलाई जग्गा दिन सकिँदैन ?

नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले भुमिहिनलाई जनही ५/५ कठ्ठा जग्गा दिन नसकिने वताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा गौतमले यस्तो वताएका हुन । जमिनमाथि व्यक्तिगत स्वामित्व कायम हुँदा सुकुम्बासी बन्ने प्रक्रिया शुरु हुने भएकाले खण्डीकरण गरिएका जमिनलाई राज्यले खरिद गरेर चक्लाबन्दीसहित कृषि उत्पादकत्व बढाउनुपर्ने उनले वताए ।

सबै भूमिहीनलाई जनही पाँच/पाँच कट्ठा पनि जमिन दिन नसकिने भएकाले जमिन नहुनेलाई रोजगारी दिएर समृद्धितर्फ लाग्नु पर्ने उनको सुझाव छ। विसं २०५१ देखि हालसम्मका विभिन्न सरकारले पटकपटक सुकुम्बासी आयोग गठन गरेर जमिन बाँड्ने योजना वनाए पनि त्यो सफल नभएको उनको भनाई छ।

जमिन वाँड्ने योजना असफल भएकाले यो बाटो वैज्ञानिक नभएको उनले तर्क गरे । “जमिनमाथि व्यक्तिको स्वामित्व रहेसम्म एकथरी मानिस धनी र जमिन नहुने गरिब तथा भूमिहीन हुँदै जानेछन। त्यसकारण टुक्राटुक्रा पारिएको जमिन राज्यले खरिद गर्नुपर्छ र उपयोग गर्नुपर्छ। अन्यथा भूमिहीन र सुकुम्बासीको समस्या कायमै रहनेछ”– उनले भने ।

वामदेव गौतम भुमिहिन

विशेष