News

एक दशकमा पनि वनेन सय मिटरको पुल, ४ मध्ये २ स्पानको काम अलपत्र

एक दशकमा पनि वनेन सय मिटरको पुल, ४ मध्ये २ स्पानको काम अलपत्र

१० वर्षअघि कैलालीको कान्द्रा नदीमा सुरु गरिएको पुल हालसम्म पनि पुरा नहुँदा सर्वसाधारणले हैरानी खेप्नु परेको छ ।

पुल निर्माणका लागि ३१ जेठ २०६८ मा सम्झौता भएको थियो । तेस्रोपटक थपिएको अवधि सकिँदा पनि निर्माण कम्पनी लामा–शाल्पा–शेर्पा–बिरुवा जेभीले पुल निर्माणको काम सकेको छैन ।

कान्द्रापारी पर्ने वडा नम्बर ५ र ७ लाई अन्य वडासँग जोड्न नदीमा १० वर्ष अघि सुरु भएको पुलका चारवटा स्पानमध्ये वल्ल दुई वटाको काम भएको छ । वाँकी काम दशकदेखि अलपत्र छ । 

हुलाकी राजमार्गअन्तर्गत भजनी– ५, लालबोझी र वडा नम्बर ३ ठेकी जोड्न कान्द्रामा पुल निर्माण सुरु भएको थियो । एक सय मिटर लामो र ७.२ मिटर चौडा रहेको यो पुलको लागत चार करोड ४३ लाख रुपैयाँ हो ।

नदीपारिको बस्तीका बासिन्दालाई पुल नहुँदा बढी समस्या छ । भजनी बजार, नगरपालिका कार्यालय, स्वास्थ्य चौकी र कामविशेषले नगरका अन्य बस्तीमा जान उनीहरुलाई समस्या हुने गरेको छ ।

कान्द्रा नदीमा पुल नभएकै कारण धनगढी–टीकापुर–नेपालगन्जसम्म हुलाकी राजमार्ग पनि सञ्चालनमा आउन सकेको छैन । 

बर्खायाममा बाढीले उर्लने कान्द्रा नदी वारिपारि दुवैतिर बस्ती छन् । नदि वारिपारी गर्नुपर्दा स्थानीयले डुंगा प्रयोग गर्ने गरेका छन् । 

ठेकेदारले दशकसम्म काम अलपत्र पार्दा सम्बन्धित निकायले समेत पुल निर्माणमा चासो नदेखाएकोमा स्थानीयवासीको आक्रोश छ।  सय मिटर लामो पुल १० वर्षसम्म नवनेको र अव कहिले बन्छ भन्ने यकिन पनि नभएको स्थानीयवासी वताउँछन् ।

पुल निर्माण कान्द्रा नदी लामा–शाल्पा–शेर्पा–बिरुवा जेभी

विशेष