गिरिजा बाबूलाई अझै सम्झिन्छन् स्थानिय किसान, असली पेडा छुट्याउने यस्तो तरिका (भिडियो)

गिरिजा बाबूलाई अझै सम्झिन्छन् स्थानिय किसान, असली पेडा छुट्याउने यस्तो तरिका (भिडियो)

पुर्व पश्चिम राजमार्गको सडक खण्ड अन्तर्गत बरमझिया क्षेत्र पेडाका लागि प्रख्यात छ । करिब पाँच किलोमिटर दुरीमा रहेका ८० भन्दाबढी पसलको नाम र काम एक अर्कामा मिल्दोजुल्दो छ । सबै पेडा पसलका होर्डिङ बोर्डमा ‘बुडो बाजेको’ ‘पुरानो’ ‘असली’ जस्ता शब्द अनिवार्य जस्तैगरी उल्लेख गरिएकाछन् । सबै पसलले आफूलाई असली दाबी गर्ने गरेका छन् ।


सडकको दुवै किनारमा खुलेका पसलले जोकोहीको ध्यान तान्छ । राजमार्गमा यात्रा गर्ने यात्रीको  कोसेलीको पनि हो पेडा । राजमार्गका देखिएका पेडा पसलको ब्राण्ड स्थापित गर्ने व्यक्ति भने बैजनाथ साह हुन् । ६५ वर्षअघि सप्तरीमा साहले सुरु गरेको पेडा पसलको छुट्टै बजार स्थापित भइसकेको छ । बरमजियाको पेडा पूर्वदेखि पश्चिम चिनिएको छ ।


राजमार्गमा देखिएको पेडा पसलको ब्रान्ड स्थापित गर्ने व्यक्ति भने बैजनाथ साह हुन् भने यसको प्रचारप्रसार हुनुमा गिरिजा प्रसाद कोईरालाको अह्म हात रहेको छ ।  ७० वर्षअघि बरमझियामा साहले सुरु गरेको पेडा पसलले गर्दा बजार स्थापित भइरहेको छ । बरमझियाको पेडाको चर्चा नेपालमा होइन, भारतको अनेक सहरमा पनि हुने गर्छ । बैजनाथले पेडा बनाउन सुरु गरेको सात दशकमा ८० भन्दा बढी पेडा पसल खुलेका छन् ।


वि.स. २०५० सालतिर गिरिजा प्रसाद कोईराला बरमझिया आएर भाषणमा पेडाको बारेमा सम्बोधन गर्दा पेडाको ब्राण्डिगं भएको स्थानिय व्यापारी असर्फि शाह बताउँछन् । बरमझिया चोकमा यहाँको पेडाको बारेमा चर्चा गरेपछि यसको चारैतिर प्रचार भयो । हुँदाहुँदा दरबारबाट पनि कुनै विशेष समारोह हुँदा यहीँको पेडा मगाउन थालियो । काठमाडौंमा कार्यक्रमपिच्छे ५०–६० किलो पेडा दरबार जाने गरेको थियो । 

बरमझिया पेडाका लागि प्रख्यात गिरिजा प्रसाद कोईराला

संम्बधित खबर

विशेष