News

ओलीका साला शाक्यको वहिर्गमन र कुलमानको आगमन आजै हुन सक्ने

ओलीका साला शाक्यको वहिर्गमन र कुलमानको आगमन आजै हुन सक्ने

आज साँझ बस्दै गरेको मन्त्रिपरिषदको बैठकले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन ल्याउने आकलन गरिएको छ । सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन ल्याउने तयारी गरेको थियो । ऊर्जा मन्त्रालयले कुलमानलाई प्राधिकरणको निर्देशक बनाउने प्रस्ताव आज बस्ने मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी भएको बुझिएको छ ।  मन्त्रिपरिषद्को बैठक आजै बोलाइएको छ ।

हालका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई भने ऊर्जा आयोगमा सरुवा गर्ने तयारी गरेको बुझिएको छ । 

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले घिसिङ्गलाई अपमानपुर्वक म्याद नथपी कार्यकारी निर्देशकबाट हटाएर प्रधानमन्त्रीका साला हितेन्द्र शाक्यलाई नियुक्त गरेको थियो । घिसिङ्गलाई ओलीले हटाएदेखि नै माफियाको सेटिङ्गमा देशमा लोडसेडिङ गराइदै आएको थियो ।


यसैबीच सरकारले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरेको छ । कार्यसम्पादन सन्तोषजनक नभएकाले पदबाट राजीनामा शाक्यलाई दिन आग्रह गरेको हो ।


तत्कालिन प्रधानमन्त्री केपी ओलीको ठाडो निर्देशनमा ऊर्जा मन्त्रालयले शाक्यलाई २०७७ कात्तिक २१ गते प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । 

कुलमान घिसिङ

विशेष