News

कुलमानलाई कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव आजै मन्त्रिपरिषदमा 

कुलमानलाई कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव आजै मन्त्रिपरिषदमा 

कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी भएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले प्रस्ताव मन्त्रिपरिषदमा लान लागेकी हुन ।

मन्त्री भुसालले हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणी सरह सेवा सुविधा दिने गरी मन्त्रालयमा तान्ने र घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रस्ताव तयार पारेको स्रोतले जनाएको छ।

मन्त्रिपरिषद्को बैठक आजै ४ बजे बोलाइएको छ । आजको बैठकको नियमित एजेण्डामा भने यो विषय समावेश छैन । 

केपी ओली नेतत्वको सरकारले २७ माघ २०७७ मा शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । तर १९ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा मन्त्री भुसालले शाक्यलाई अन्य विकल्प रोज्न आग्रह गरेकी थिइन् । 

कुलमान घिसिङ कार्यकारी निर्देशक

विशेष