News

बैतडीको पञ्चेश्वरमा भालु आतंक

बैतडीको पञ्चेश्वरमा भालु आतंक

बैतडीको पञ्चेश्वर गाउँपालीकामा भालुको आक्रमणबाट एकजना घाइते भएका छन् । खेतमा पानी लगाउन गएका पञ्चेश्वर ५ का उजितराम कोलीलाई सोमबार भालुले आक्रमण गरेको प्रहरीले जनाइको छ । 


खेतमा पानी लगाउने क्रममा कोलीलाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । भालुको आक्रमणबाट घाइते कोलीको टाउको गम्भीर चोट लागेको बताइएको छ । घाइते कोलीको जिल्ला अस्पताल बैतडीमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 

कोलीलाई घर नजिकैको खेतमा आक्रमण गरेपछि स्थानिय आतंकित भएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्द जानकारी दिएकाछन् । 

भालु आतंक

विशेष