News

गुप्तांगभित्र ब्राउन सुगर लुकाएर ओसारपसार गर्ने दुई महिला पक्राउ

गुप्तांगभित्र ब्राउन सुगर लुकाएर ओसारपसार गर्ने दुई महिला पक्राउ

गुप्तांग भित्र लागूपदार्थ ब्राउन सुगर लुकाएर ओसारपसार गरेको भन्दै सोमबार झापामा दुई महिलालाई पक्राउ गरेकाछन् । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गुप्तांगमा करिब ४४ दशमलव ३ ग्राम ब्राउन सुगर लुकाएर भित्र्याउने झापा दमक–१ की ३४ वर्षीया मञ्जु धिमाल र सोही स्थानकी २५ वर्षीया विमला धिमाल पक्राउ परेका हुन् । 

दक्षिण झापाको गौरीगन्ज गाउँपालिका–४ को कदमगाछीस्थित सीमा प्रहरी चौकी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले शनिबार राति पक्राउ गरेका शंकास्पद ती महिलाहरूलाई सोधपुछ गरी प्रारम्भिक खानतलासीका क्रममा संवेदनशील अंग (योनि) मा लागू पदार्थ लुकाइएको आशंका गरिएको थियो ।


खजुरगाछीस्थित स्वास्थ्य चौकीका महिला स्वास्थ्यकर्मीको सहयोगमा खानतलासी गर्दा मञ्जु धिमालले योनिमा लुकाइएको अवस्थामा लागू पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए ।
 

ओसारपसार गुप्तांगभित्र ब्राउन सुगर

विशेष