News

वामदेवको ब्यंग्य– अध्यक्षको गालि गर्न पाउने अधिकार विधानमै लेखौं

वामदेवको ब्यंग्य– अध्यक्षको गालि गर्न पाउने अधिकार विधानमै लेखौं

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीलाई थर्काएका छन् । विधान पारित गर्न सोमबार बसेको स्थायी कमिटी बैठकमा गौतमले अध्यक्ष ओलीलाई थर्काएका हुन ।

ओली विरुद्ध कडा रूपमा प्रश्तुत भएका गौतमले अध्यक्ष ओलीले मनपरी वोल्ने र आफुखुसी गर्ने गरेको सन्दर्भ उठाउँदै कुनै पनि देशका कुनै पनि कम्युनिस्ट पार्टीमा यस्तो संस्कार नभएको वताए । 

गौतमले पार्टीमा कसैले गल्ती गर्यो भने राजनीतिक कारबाही हुने भन्दै अध्यक्षले नै गल्ती गर्दा कारवाही हुने कि नहुने भन्दै प्रश्न पनि उठाए । 

बैठकमा पेस भएको विधान संशोधन प्रस्तावमा उपाध्यक्ष गौतमले व्यग्यात्मक प्रस्ताव अघि सार्दै विधान संशोधन प्रस्तावमा ‘अध्यक्षका यी अधिकारहरू’ भन्ने शीर्षकमा केही अधिकार थप्नुपर्ने वताए । ‘हाम्रो पार्टीका अध्यक्षलाई आममाफी दिने अधिकार हुनेछ’ भन्ने विषयलाई समेट्नु पर्ने उनले वताए ।

यसैगरी, ‘पार्टी अनुशासनात्मक कारबाही’ शीर्षकअन्तरगत ‘पार्टी अनुशासन उल्लङ्घन गर्नेहरूमध्ये प्रकृति हेरेर कतिलाई अपराधी भन्न सकिनेछ, कतिलाई गद्दार भन्न सकिनेछ र कतिलाई देशद्रोही पनि भन्न सकिनेछ’ भन्ने विषय पनि थपौँ भन्दै गौतमले ओलीलाई नतमस्तक वनाए ।

‘अहिले नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसँग भएका राजनीतिक मतभिन्नताका सन्दर्भमा अध्यक्ष केपी ओलीले माधव नेपाललाई अपराधी भन्नुभयो, गद्दार र देशद्रोही पनि भन्नुभयो । अध्यक्षले त्यस्तो भन्न पाइन्छ भने विधानमा व्यवस्था गर्नुपर्यो। बोल्नुहुँदैन भने किन बोल्नुभयो ? यस्तो मनपरी गर्न पाइँदैन’– उनले भने ।

स्थायी कमिटी वैठकमै अध्यक्षलाई गर्याएपछि गौतम घर तिर लागेको जनाईएको छ। उनी केन्द्रीय कमिटीको बैठकमा सहभागी नभएको एक नेताले जानकारी दिए । 

नेकपा एमाले वामदेव गौतम केपी शर्मा ओली

विशेष